काठमाडौं । जापानी अटो निर्माता कम्पनी सुजुकीले निर्माण गरेको एसयूभी सुजुकी जिम्नी आगामी नोभेम्बर १ मा सार्वजनिक हुने भएको छ ।
नयाँ जेनेरेशनमा आधारित जिम्नीलाई कम्पनीले जोहेर्नसबर्गमा आयोजना हुने फेस्टिभल अफमोटोरिङगमा सार्वजनिक गर्ने भएको हो ।
कम्पनीले सवकम्प्याक्ट मोडलको निर्माणबारे पूर्वजानकारी दिँदैआएको थियो । कम्पनीले २० वर्ष पूरा गरिसकेको सुजुकी जिम्नीलाई नयाँ जेनेरेशनमा निर्माण गरिएको जनाएको छ ।
जिम्नीमा निओ रेट्रोको लुक दिइएको छ भने, कारको ग्रील तथा गोलो हेडप्लाम्पले कारलाई आर्कषक बनाएको छ । कारको आधुनिक अपडेटमा प्रोजेक्टर लाइट्स, एलईडी डीआरएल तथा एलईडी टेललाइट रहेका छन् ।
यो एसयूभी थ्री डोर्ससहितको हार्ड टप भर्जन हो । यसलाई बजारमा सफ्ट टप तथा ओपन टप भेरियन्टमा पनि उपलब्ध गराइने कम्पनीले जनाएको छ । सुजुकी जिम्नीमा स्टेरिङ ह्वील, टचस्क्रिन इन्फोनेन्ट सिस्टम, अटो क्लाइमेट कन्ट्रोल तथा पावर विन्डो स्वीच जस्ता विशेषता सामेल गरिएको छ ।
सुजुकी जिम्नी जापानको अलवा संसारभर १.२ लिटर पेट्रोल र १.० लिटर बुस्टरजेट टर्बो पेट्रोल इञ्जिनमा आउने छ । पाँच स्पीड म्यानूअलका साथै अटोमेटिक गियरबक्स यसमा रहने छ । यो एसयूभी नेपाली बजारमा भने आउने छैन ।

