काठमाडौं । धावनमार्गमा चिप्लिएर दुर्घटनामा परेको यति एयरलाइन्सको जहाज ११ घण्टापछि हटाइए पछि बिमानस्थल सन्चालनमा आएको छ। शनिबार बेलुका नेपालगञ्जबाट २१ जना यात्रु बोकेर काठमाडौं आएको यतीको ‘जेट स्ट्रीम, ९ एनएचडब्लु विमान अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएको थियो।
अगाडिको ल्यान्डिङि गियर भाचिएपछि जहाजलाई डोर्याएर धावनमार्गबाट हटाउन नसक्दा हिजो बेलुका साढे आठ बजेदेखि विमानस्थलका सबै उडान बन्द भएका थिए।
१२ घण्टापछि विमानस्थल संन्चालनमा ल्याइएको छ । शनिबार साढे आठ बजे बन्द भएको देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल अहिले खुलेको छ। जहाज धावनमार्गबाट हटाएपछि विमानस्थलबाट उड्ने जहाजका बोर्डिङ पास सुरु भएको छ।

