एप्पल कार टेस्टीङको क्रममा निसान लिफसँग जुध्यो

शुक्रबार एप्पलले पोस्ट गरेको दुर्घटना रिपोर्ट अनुसार एप्पलको महत्वकाक्षीं योजना सेल्फ ड्राइभिङ एप्पल कार दुर्घटनामा परेको छ । 

क्यालिर्फोनिया स्थित कम्पनी हेड क्वाटरमा भएको टेस्टीङमा उक्त कार दुर्घटना भएको जनाएइएको हो । कम्पनीका अनुसार यो कार पहिलो पटक दुर्घटनामा परेको छ । 

२४ अगष्टमा एप्पल सेल्फ ड्राइभिङ कार लेक्सस् आरएक्स ४५०एच टेस्ट ड्राइभमा अटोनोमश मोडमा सडकमा प्रतिघन्टा करिब १ किलोमिटर प्रतिघन्टाको रफ्तारमा गुडिरहेको बेला निसान लिफ सँग ठोकिएर दुर्घटना भएको थियो । उक्त निसान लिफ २४ किमि प्रतिघन्टाको रफ्तारमा रहेको थियो ।

कम्पनीले हालसम्म एप्पल कारको बारेका कुनैपनि किसिमको सार्वजनिक रुपमा सेल्फ ड्राइभिङ प्रोगामको बारेमा जानकारी गराएको थिएन । 

पछिल्लो महिना प्रकाशित रिर्पोटका अनुसार एप्पल सेल्फ ड्राइभिङ कार प्रोजेक्टमा ५ हजार कर्मचारी काम गरिरेहेको जनाएको छ ।


Back_to_top