काठमाडौं । क्लासिक लेजेन्ड मोटरसाइकल जावाको विन्टर सर्भिस क्याम्प सुरू भएको छ । अग्नी मोटो इंकको आयोजनामा तीन दिने विन्टर सर्भिस क्याम्प सुरू भएको हो ।
विन्टर सर्भिस क्याम्प माघ १७ गतेदेखि १९ गतेसम्म चल्नेछ । जावा विन्टर सर्भिस क्याम्पमा सर्भिस गराउँदा ग्राहकले कुनै पनि लेबर चार्ज तिर्नु नपर्ने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार स्पेयर पार्टस् तथा इन्जिन आयलमा पनि १० प्रतिशत छुटको व्यवस्था गरिएको छ । त्यस्तै, यसै योजनामा मोटरसाइकलको एफआई र डीटीसी स्कयान निःशुल्क गराउन सक्ने व्यवस्था मिलाएको कम्पनीले जनाएको छ ।
ग्राहकले निःशुल्क सर्भिसको लागि सामाखुसीस्थित जावाको सर्भिस सेन्टरमा जानुपर्ने हुन्छ । यो सर्भिस क्याम्पमा मोटरसाइकल सर्भिस गराउने मध्ये हरेक दिन तीनजना भाग्यशाली ग्राहकले ‘लक्की ड्र’माफर्त आर्कषक उपहार जित्न सक्नेछन् ।
त्यस्तै, यो क्याम्प भ्रमण गरेर मात्रै पनि जावाका ग्राहकले सर्भिस डिस्काउन्ट कुपन जित्न सक्नेछन् । विन्टर सर्भिस क्याम्पमा ग्राहकले जावाको हेलमेट ज्याकेट जस्ता एशोसरिजमा समेत आर्कषक छुटमा खरिद गर्न सक्नेछन् ।


