काठमाडौं । सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारीक विक्रेता कम्पनी भीजी सुकीले विन्टर स्कीम ल्याएको छ । कम्पनीले नगद छुटसहितको एक्स्चेन्ज स्कीम ल्याएको हो ।
भीजी सुजुकीले ल्याएको स्कीम अन्तर्गत नगदमा मोटरसाइकल खरिद गर्ने ग्राहकले १५ हजार रुपैयाँ छुट पाउने छन् । त्यस्तै, कुनैपनि ब्राण्डका पुराना मोटरसाइकल तथा स्कुटरसँग सुजुकीका नयाँ मोटरसाइकल एक्स्चेन्ज गर्ने ग्राहकले १५ हजार रुपैयाँ थप मूल्याङ्कन पाउने कम्पनीले जनाएको छ ।
कम्पनीले ल्याएको विन्टर स्कीम अन्तर्गत एभेनिस १२५, वर्गम्यान १२५, एसेस १२५ र हायाते इपीमा नगद १५ हजार छुट पाउने छन् ।
यो स्कीम माघ २२ गतेदेखि फाल्गुन २१ सम्म चल्ने कम्पनीले जनाएको छ । सुजुकीको नेपालभर रहेको आधिकारीक शोरुममा यो स्कीम उपलब्ध हुने जनाएको छ ।
यस्तो छ सुजुकी मोटरसाइकल तथा स्कुटरको मूल्य
भीजी सुजुकीले नेपालमा ८ मोडलका मोटरसाइकल तथा स्कुटर विक्री गर्दै आएको छ । कम्पनीले नेपालमा विक्री गर्ने सुजुकी मोटरसाइकलतर्फ जिक्सर एसएफ २५० को मूल्य ४ लाख ९८ हजार ९०० रुपैयाँ, जिक्सर १५० नेकेडको मूल्य ३ लाख ८९ हजार ९०० रुपैयाँ रहेको छ । साथै, इन्ट्रुडरको मूल्य ३ लाख २९ हजार ९०० रुपैयाँ र हायातेको मूल्य २ लाख १९ हजार ९०० रुपैयाँ रहेको छ ।
त्यसैगरी, स्कुटरतर्फ एसेस बीएस ६ को मूल्य २ लाख ६५ हजार ९०० रुपैयाँ, एभेनीसको मूल्य २ लाख ९९ हजार ९०० रुपैयाँ, वर्गम्यानको २ लाख ९७ हजार ९०० रुपैयाँ तोकिएको छ ।


