काठमाडौं । कियाले सन् २०२५ सम्ममा भारतमा नै उत्पादन गरेको इलेक्ट्रीक कम्प्याक्ट एसयूभी र एमपीभी ल्याउने भएको छ । यसका लागि कम्पनीले आवश्यक पूर्वाधार विकास र ईभी निर्माणमा २ हजार करोड लगानी गरिसकेको छ ।
कियाले भारतमा बिक्रीका लागि ल्याउने दुई सवारी मध्ये पहिलो चरणमा एमपीभी ल्याउने र पछि कम्प्याक्ट एसयूभी ल्याउने अनुमान गरिएको छ ।
किया इलेक्ट्रीक कम्प्याक एसयूभी ‘किया एवाई’ नामबाट सार्वजनिक हुने सम्भावना छ । यो एक सब–फोर मिटर सेग्मेन्टको कार रहेको छ । यसलाई कम्पनीले डेडिकेटेड ईभी भर्सनमा नभई कम्बस्चन इन्जिन र इलेक्ट्रीक पावरट्रेन दुवैमा ल्याउने छ ।
सार्वजनिक एक रिपोर्ट अनुसार किया इन्डियाले एवाई एसयूभी वार्षिक १ लाख युनिट उत्पादन गर्ने लक्ष्य लिएको छ । जसमा ८० प्रतिशत भोलुम पेट्रोल भर्सन र बाँकी २० प्रतिशत ईभी हुनेछ ।
कियाले यसको प्राविधिक विवरण, मूल्य र थप विवरण सार्वजनिक गरेको छैन । विवरण सार्वजनिक हुन थप केही समय लाग्ने अनुमान गरिएको छ ।


