नयाँ जेनेरेसन डस्टरको साइज बढ्ने, ७ सिटे अप्सनमा पनि

काठमाडौं । २०२४ मोडल रेनो डस्टर युरोपका सडकमा परीक्षणका क्रममा भेटिएको छ । नयाँ एसयूभी २०२१ मा अनावरण गरिएको डेसिया बिग्स्टरको कन्सेप्ट मोडलको समान देखिएको छ ।

नयाँ रेनो डस्टरमा बाहिरी भागमा केही सुधार गरिएको देखिन्छ भने यो एसयूभी पहिलेको मोडलको तुलनामा केही ठूलो साइजको देख्न सकिन्छ । हाल यसको लम्बाइ ४.३७ मिटर लामो छ । यो ५ र ७ सिट अप्सनमा आउने बताइएको छ ।

थर्ड जेनेरेसनमा मोडलमा आउने रेनो डस्टर २०२४ मा भारतमा सार्वजनिक हुनेछ । यसले सार्वजनिक पछि हुन्डाई क्रेटा, किया सेल्टोस, मारुती ग्रान्ड भिटारा, टोयोटा हाइराइडर, स्कोडा कुशाक, फक्सवागन टाइगुन र आगामी होन्डा कम्प्याक्ट एसयूभीसँग प्रतिस्पर्धा गर्नेछ ।

२०२४ मोडल रेनो डस्टर सीएमएफ–बी प्लेटफर्ममा आधारीत हुनेछ । यस अघि यो गाडी बीओ प्लेटफर्ममा आधारीत रहेर निर्माण गरिएको थियो ।

कम्पनीले यो नयाँ मोडलमा फिचर्स पनि थप गरेको छ । यसमा स्लिक हेडल्याम्प, फुल वाइड एलईडी बार, वाइड एयर इन्टेक, स्कल्प्टेड बोनेट डिजाइन, स्क्वारिस ह्वील आर्च, इन्टिग्रेटेड टर्न सिग्नल सहितको बडी कलर रियर भ्यू मिरर, रूफ रेल, स्पोर्टी एलोय ह्वील, सी–पिलर माउन्ट गरिएको पछाडिको डोर ह्यान्डल लगायत पाउन सकिन्छ ।

यसको भित्रि भागमा भने निकै प्रिमियम फिचर्स दिइएको छ । यसमा अटोमेटिक क्लाइमेट कन्ट्रोल, फराकिलो इन्फोटेन्मेन्ट सिस्टम, डेडिकेटेड कनेक्टिभिटी सुइट र प्रिमियम साउन्ड सिस्टम दिइएको छ ।

सुरक्षाका फिचर्सहरूमा ६ वटा एयरब्याग, टायर प्रेसर मनिटरिङ सिस्टम, पार्किङ सेन्सर र क्यामेरा लगायत पाउन सकिन्छ । यसमा एडास फिचर पनि समावेश भएको हुनेछ ।

कम्पनीले यसको पावरट्रेनमा भने हाइब्रिड इन्जिन अप्सन दिने बताइएको छ । यसमा आइसीई पावरट्रेन पनि छ । यसमा माइल्ड हाइब्रिड सेटअप अप्सनमा सानो ब्याट्री प्याक दिइएको हुने अपेक्षा गरिएको छ ।

भारतीय बजारमा लन्च भएसँगै यो एसयूभी नेपाल आउने छ । नेपालमा रेनो ब्रान्डको आधिकारिक बिक्रेता एडभान्स अटोमोबाइल प्रालिले रनो ब्राण्डका गाडीहरू बिक्री वितरणा गरिरहेको छ ।


Back_to_top