काठमाडौं । मारुती सुजुकीले चाँडैै क्रसओभर फ्रोनक्सको विक्री सुरू गर्ने तयारी गरेको छ । कम्पनीले मारुतीकाे फ्रोनक्समा ल्याउन लागेको इन्जिन १.० लिटरको टर्बो चाज्ड बुस्टरजेट इन्जिन आगामी लन्च हुने अर्को कारमा समेत प्रयोग गर्ने भएको छ ।
मारुतीले आफ्नो बेस्ट सेलर ह्याचब्याक स्विफ्टको नेक्स्ट नेजेरेसन मोडलमा पनि यो नयाँ इन्जिन दिने भएको हो । नयाँ स्विफ्ट यसै वर्षको अन्त्यसम्ममा लन्च हुने अनुमान गरिएको छ ।
कम्पनीले नेक्स्ट जेनेरेशन स्विफ्ट लाई एक प्रफर्मेन्स कारको रुपमा १.० लिटरको टर्बाे बुस्टरजेट इन्जिनसहित लन्च गर्ने योजना बनाएको हो ।
तीन सिलीण्डर पेट्रोल बुस्टरजेट यो इन्जिन हाल बनेनो आरएसमा प्रयोग भइरहेको छ । यो इन्जिनले १०० हर्सपावर तथा १४८ न्यूटन मिटरको टर्क जेनेरेट गर्छ । यो इन्जिनले म्यानुअल गियरबक्ससँग २१ किलोमिटर प्रतिलिटर तथा अटोमेटिक ट्रास्मिसनसँग २० किलोमिटर प्रतिलिटरको माइलेज प्रदान गर्छ ।

यस्तै, मारुतीले अन्य ३ नयाँ मोडलहरू पनि ल्याउने तयारी गरेको छ । कम्पनीको आफ्नो दोस्रो लन्च हुने लाइनअपमा लाइफस्टाइल एसयूभी जिम्नी रहेको छ ।
त्यस्तै, टोयोटाको इनोभा बेसमा एक एमपीभीको पनि प्लान गरिरहेको छ भने सातसिटे ग्राण्ड भिटारा तथा ईभीएक्स कन्सेप्टको इलेक्ट्रीक एसयूभी पनि विकास गरिरहेको छ ।

