भारतको बेंगलुरु प्लान्टमा सुजुकीकाे कार उत्पादन गर्दै टोयोटा

काठमाडौं । गत मार्च महिनामा जापानी अटो उत्पादक कम्पनी टोयोटा र मारुती सुजुकीको सहकार्यमा कार निर्माण गर्ने घोषणा गरेका थिए । सुजुकी कम्पनीले बलेनो र भिटारा बे्रजा तथा टोयोटाले चर्चित सेडान कोरोला निर्माणमा सहकार्य गर्ने निर्णय गरेका हुन् । साथै, भारतीय बजारलाई मध्यनजर गर्दै दुबै कम्पनीले इलेक्ट्रिक तथा हाइब्रिड मोडल उत्पादनलाई बढवा दिने बताएका थिए । हाल, टोयोटाले भारतको कर्नाटक स्थित बेंगलुरु प्लान्टमा सुजुकीको कार उत्पादन गर्ने तयारी गरेको छ । प्लान्ट मार्फत उत्पादन भएका इटियोस र लिभाको बिक्री प्रतिशत घटेसंगै कम्पनीले यस्तो योजना बनाएको हो ।

यद्यपी, कस्ता र कुन मोडल निर्माण गर्नेबारे आधिकारीक निर्णय भने सार्वजनिक गरिको छैन । साथै, निर्माणका लागि कुन कम्पनीले कति लगानी गर्नेबारे कुनै जानकारी आएको छैन् । टोयोटाले हाल सुजुकी कार निर्माण बारे अध्ययन तथा अनुसन्धान जारी राखेको छ ।

अध्ययनको निष्कर्श पश्चात आधिकारीक जानकारी दिने कम्पनीले जनाएको छ । कम्पनीका शिर्ष अधिकारीले दुबै कम्पनीको अवस्थाबारे अध्ययन गरिरहेका छन् । साथै कम्पनीेले भारतीय बजारमा टोयोटाको गाडि आयात गरिरहेका कम्पनीहरुसंग कारको गुणस्तरबारे छलफल गरिरहेको छ । यो सहकार्यले आगामी दिनमा दुबै कम्पनीलाई आइपर्ने समस्या समाधन गर्न सहायता पुर्याउने उनीहरुको अपेक्षा रहेको छ ।

बेंगलुरु प्लान्टमार्फत सुजुकी बलेनो र ब्रेजा उत्पादन गर्ने जनाउँदै सुजुकीले प्रत्येक वर्ष २० हजार देखि २५ हजार युनिट कार टोयोटालाई दिने जनाएको छ । टोयोटले यी दुबै मोडलको एक्सटेरियर तथा डिजाइनमा निक्कै परिमार्जन गर्ने योजना बनाएको छ । कम्पनीले कारमा अत्याधुनिक विशेषता थप गरेता पनि १.३ लिटर डिजेल इन्जिन यथावत राख्ने निर्णय गरेको छ ।


Back_to_top