काठमाडौं । पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनको १३औं महाधिवेशनले चन्द्र कुँवरलाई अध्यक्षमा निर्वाचित गरेको छ ।
प्रदेश नम्बर ४ को राजधानी पोखरामा हिजो सम्पन्न महाधिवेशनले अध्यक्षमा चन्द्र कुँवरलाई सर्वसम्मत निर्वाचित गरेको हो ।
संघको वरिष्ठ उपाध्यक्षमा मोहनबाबु खड्का, उपाध्यक्षमा कृष्ण श्रेष्ठ, महासचिवमा राघब सिलवाल, कोषाध्यक्षमा किशनमान बुद्धाचार्य र सचिबमा दिपेन्द्र कोइराला निर्वाचित भएका छन् ।
त्यस्तै कार्य समितिका अन्य सदस्यहरुमा निरन केसी, बिनय थापा, टीका कुमारी गुरुङ, तेजेन्द्र पौडेल र शिव श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । उक्त कार्यक्रममा नाडाका उपाध्यक्ष कृष्ण दुलाल बिशेष अतिथिका रुपमा सहभागी थिए ।
पोखरा लगायत पश्चिम क्षेत्रका अटोमोबाइल व्यवसायीहरुको साझा संगठनको रुपमा पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन रहेको छ ।


