काठमाडौं । नाडा अटो शो २०१८ को आज अन्तिम दिन हो । भादौ २६ गतेबाट सुरु भएको अटो शो आज सम्पन्न हुन गइरहेको छ ।
आज बेलुकी ४ बजेसम्म काठमाडौंको भृकुटी मण्डपमा मेला अवलकन गर्न सकिने आयोजक नाडाले जानकारी दिएको छ ।
आजसम्म ५० हजारभन्दा बढी भिजीटरले मेला अवलोकन गरेको र आज अन्तिम दिन करिब १५ हजारले मेला अवलोकन गर्ने आयोजकले दाबी गरेका छन् ।


