काठमाडौं । संससदमा एमालेका सचेतक पदम गिरीले अर्थमन्त्री माथि गम्भिर आरोप लगाएका छन् । उनले बाहिरबाट मानिस ल्याएर बजेटमा हेरफेर गरेको भन्दै उनले अर्थमन्त्रीसँग जवाफ माग गरेका छन् ।
उनले विशेष समयमा बोल्दै भने, ‘सिमित समूहलाई फाइदा पुग्नेगरी ईभीमा कर बढाइयो । ११ सयभन्दा बढी ईभी आयात भयो । त्यसबाट राज्यले ९० करोड गुमायो ।’
त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले अर्थमन्त्रीसँग ईभीमा कर बढाउन लागेको विषय ब्यापारीले कसरी थाहापाए भन्ने प्रश्न गरेका थिए ।
राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले अर्थमन्त्रीले जनताको रगत पशिना बगाएर तिरेको कर माथी खेलबाड गरेको बताउँदै संसदिय छानविन समिति गठन गर्न माग गरेका छन् ।
त्यसैगरी नेमकिपाका सांसद प्रेम सुवाल र स्वतन्त्र सांसद अमरेश कुमार सिंहले पनि करको विषयमा प्रश्न उठाउँदै संसदिय छानविन समिति गठन गर्न माग गरेका छन् । अहिले अर्थमन्त्रीले संसदमा उठेका प्रश्न माथि उत्तर दिइरहेका छन् ।

