हुन्डाईका तीन एसयुभीलाई वेष्ट आइडिया अवार्ड

अमेरिकामा आयोजित अन्तर्राष्ट्रिय डिजाइन एक्सीलेन्स अवार्ड २०१८ मा हुन्डाईको तीन कारलाई अवार्ड दिइएको छ । 

हुन्डाईका तीन एसयुभी कोना, सांता फे र नेक्सोले आइडिया अवार्ड पाएका हुन् । इन्डस्ट्रियल डिजाइन सोसाइटी अफ अमेरिकाद्धारा प्रदान गरिएको यो अवार्ड उत्कृष्ट डिजाइनलाई दिइने संसारको सबैभन्दा सम्मानित पुरस्कार अन्तर्गत पर्छ । आईएफ डिजाइन अवार्ड र रेड डट डिजाइन अवार्ड पनि उत्कृष्ट डिजाइनको लागि प्रदान गरिन्छ । 

हुन्डाईको लग्जरी ब्रान्ड जेनेसिसलाई लग्जरी कारको डिजाइनको लागि अघिल्लो वर्ष यो अवार्ड प्रदान गरिएको थियो । अवार्डद्धारा सम्मानित कम्पनीका सिनियर अधिकारले आगामी दिनमा उत्कृष्ट डिजाइनको इस्पेशिफिकेशन तयार पार्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।  

यी विधामा दिइन्छ पुरस्कार 

यो अवार्ड २० क्याटेगोरीमा प्रदान गरिन्छ । जसमा अटोमोटिभ एन्ड ट्रान्सपोर्टेशन, कन्ज्युमर टेक्नोलोजी, सर्भिस डिजाइन, डिजाइन इनोभेसन, युुजर एक्सपिरियन्स एन्ड शोसीएल रेसस्पोन्सभिलिटी लगायतका आधारमा रहेका छन् । 

आइडिया डिजाइन अवार्ड हुन्डाईलाई अटोमोटिभ तथा ट्रान्सपोर्टेशन क्याटेगोरी अन्र्तगत मस्ट प्रेस्टिजियस अवार्ड प्रदान गरिएको छ । हुन्डाईको सांता फे कम्पनीको चौथौं जेनेरेशनको मोडल हो । यो मोडल २०१८ फेब्रवरीमा सार्वजनिक भएको थियो । 

यसमा क्यास्केडिंग ग्रिल, कम्पोसाइड लाइड डिजाइन, एलइडी हेडलाइट दिइएको छ । हुन्डाईको लेटेस्ट जेनेरेशन फ्युल सेल एसयूभी नेक्सोमा फ्युचर ओरियन्टेड डिजाइन तथा विशेषता दिइएको छ । यसमा रियर वाइपर लुकाईएको छ, जसले गर्दा सफा देखिएको छ । 

यसको उत्कृष्ट डिजाइनले आइडिया अवार्डको साथै प्रेस्टिजियस रेड डट डिजाइन अवार्डसमेत पाएको छ । हुन्डाई कोनालाई समेत फ्युचर ओरियन्टेड कम्पोजीट लाइट डिजाइन तथा बम्परको उत्कृष्ट डिजाइनको लागि अवार्ड दिईएको छ । 


Back_to_top