काठमाडौं । वातावरणीय प्रदुषण तथा बढ्दो उत्सर्जनलाई ध्यानमा राख्दै ग्यासोलिन इन्जिनको विकल्पको रुपमा भारतमा बनेका इलेक्ट्रीक स्कुटरले बजार हिस्सा बढाउँदै गएको छ ।
सुरुवातामा कम रेन्ज तथा स्लोस्पीडको कारण इलेक्ट्रीक सवारीसाधनले मानिसको ध्यान आकर्षण गर्न सकेको थिएन । तर, पछिल्लो समय उत्पादन भएका स्कुटर प्राविधिक रुपमा एडभान्स हुँदै गएका छन् । अटो बजारमा ई–स्कुटरको व्यापार बिस्तार भैरहेको छ ।
इलेक्ट्रीक स्कुटर एक पटक फुल चार्जगर्न १.५ यूनिट बिजुलीको प्रयोग हुन्छ अहिलेको बजार मूल्य अनुसार १५ रुपैयाँ खर्च हुन्छ । त्यस्ले कम्तिमा ७० किलोमिटर स्कुटर चलाउन सकिन्छ । त्यस्तै अहिलेको बजार मूल्य अनुसार १ लिटर पेट्रोल किन्न ११४ रुपैयाँ खर्च हुन्छ । त्यसले स्कुटरलाई करिब ४० किलोमिटर गुडाउन सकिन्छ । त्यहि मूल्यको चार्जले करिब ५०० किलोमिटर भन्दा बढी यात्रा गर्न सकिन्छ ।
ओकिनवा प्रेज
ओकिनवा प्रेजमा एलइडी हेडल्याम्प्स, डिआरएल्स, साइड स्टान्ट इन्डिकेटर, एन्टी थेफ्ट सेन्सर, किलेस इन्ट्री, अल डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टरलगायतका विशेषता दिइएको छ ।

यो स्कुटरमा इकोनमी, स्पोर्ट र टर्बाे गरि तीन राइडिङ्ग मोड दिइएको छ । यसमा लगाइएको डीसी मोटरले लेड एसिड र लिथियम आयान ब्याट्रीमा पावर प्रदान गर्छ ।
लिड एसिड ब्याट्री चार्ज हुनको लागि ६ देखि ८ घन्टाको समय लाग्छ भने लिथियम आयान ब्याट्री एक घन्टामा फुल चार्ज हुने कम्पनीले दाबी गरेको छ । यसको अधिकतम क्षमता ७५ किलोमिटर प्रतिघन्टा रहेको छ । यसलाई नेपाली बजारमा फच्र्युना अटो मोवाइलले केहि दिनमा सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।
अथर ४५०
अथर ४५० अथर कम्पनीको फ्लेगशिप इलेक्ट्रिक स्कुटर हो । यसमा २.४ किलोवाटको लिथिएम आयान ब्याट्रीको प्रयोग गरिएको छ । यो ब्याट्रीले ५.४ किलोवाट पीक पावर उत्पादन गर्ने गर्छ । ० देखि ४० किलोमिटरको रफ्तार पकड्न स्कुटरलाई ३.९ सेकेन्डको समय लाग्ने गर्छ । यसको टपस्पीड क्षमता प्रतिघन्टा ८० किलोमिटरसम्म भएको कम्पनीले दाबी छ ।

दुई रेन्ज मोडलमा चल्ने स्कुटरले अधिकतम ७५ किलोमिटरको रेन्ज प्रदान गर्छ, भने पावरमा मोडमा ६० किलोमिटरको रफ्तारमा गुड्ने गर्छ । स्कुटरले फास्ट चार्जिङसमेत सपोर्ट गर्छ । यसलाई नेपाली बजारमा ल्याउन केहि कम्पनीहरु लागि परेका छन् ।
हिरो इलेक्ट्रिक फुटोन
हिरोको हाइस्पीड स्कुटर फुटोनलाई इकोनमी र पावरसँग जोडिने गरिन्छ । इकोनमी मोडमा ब्याट्रीले अधिकतम ११९ किलोमिटरको रेन्ज प्रदान गर्छ भने पावरमा मोडमा ८५ किलोमिटर रेन्ज प्रदान गर्छ ।

यसको अधिकतम स्पीड क्षमता ४५ किलोमिटर प्रतिघन्टा रहेको कम्पनीले जनाएको छ । यसमा एन्टी थेफ्ट अलार्म र रिमोट लकजस्ता विशेषता दिइएको छ । हिरोका इलेक्ट्रीक स्कुटर नेपाली बजारमा बिक्री वितरण भइरहेका छन् ।
ट्वान्टी टु फ्लो
ट्वान्टी टु मोटरको पहिलो स्कुटर फ्लोमा डीसी मोटर लगाइएको छ । यसले २.८ बिएचपी पावरका साथै ९० न्युटन मिटर टर्क उत्पादन गर्छ । यसमा उपलब्ध लिथियम आयान ब्याट्री २ घन्टामा ७० प्रतिशत चार्ज हुनेगर्छ ।

फुल चार्जमा यो स्कुटर चार चार घन्टासम्म चल्ने गर्छ । चार्जमा यसको रेन्ज १६० किलोमिटर रहेको छ । यसको टपस्पीड क्षमता ६० किलोमिटर प्रतिघन्टा रहेको छ । कम्पनीले स्कुटरमा क्रुज कन्ट्रोल तथा पार्किङको सुविधाको लागि रिभर्स मोडसमेत दिएको छ ।

