हिरो ‘एक्सपल्स’ डिसेम्बरमा आउने, यस्ता छन् विशेषता

हिरो मोटोकर्पले केहि समय अगाडि २०० सीसी सेग्मेन्ट अन्तर्गत एक्स्ट्रीम २०० आर मोटरसाइकल सार्वजनिक गरेर बाइक सेग्मेन्टमा आफ्नो बलियो उपस्थिति कायम गरेको थियो । 

अब कम्पनीले कम्पनीले सोही सेग्मेन्टमा आधारित एन्ट्री लेभल एडेभन्चर मोटरसाइकल हिरो ‘एक्सपल्स’ आगामी डिसेम्बरमा सार्वजनिक गर्ने भएको छ । 

बजारमा आउने तयारीमा रहेको एक्सपल्स २००मा विशेष प्रकारको इन्स्टु«मेन्ट क्लस्टर तथा राउन्ड हेडल्याम्पलगायतका विशेषता दिइएको छ । 

यसमा उपलब्ध इन्जिनले १८.१ बीएचपी पावर र १७.१ एनएम टर्क उत्पादन गर्छ । इन्जिनमा ५ स्पीड गियरबक्स लगाईएको छ । युुनिक डिजाइन दिईएको यो मोटरसाइकल निक्कै रफ एन्ड टफ रहेको कम्पनीको दाबी छ । 

कम्पनीले यसको मूल्य एक्स्ट्रीम २०० आरको भन्दा बढि हुने अनुमान लगाइएको छ । पछिल्लो समय कम्पनीले २०० सीसी सेग्मेन्टमा केन्द्रित भएको छ । 


Back_to_top