होन्डा मेट्रो गठ्ठाघरले गर्यो मेकानिक्ससँग अर्न्तक्रिया

काठमाडौं । होन्डा मेट्रो गठ्ठाघरले भक्तपुर जिल्लामा रहेका सर्भिस सेन्टरहरुमा कार्यरत अटो मेकानिक्सहरु सँग अन्तक्रिया कार्यक्रम सफलता पुर्बक सम्पन्न गरेको छ । 

आसन्न चाडपर्वको अवसर पारेर गरेको यो अन्र्तक्रिया कार्यक्रममा बोल्दै होन्डा पाटर्स डिभिजनका प्रमुख बिश्वराम खत्रीले  अब होण्डाको पार्ट्सको कहिल्यै समस्या नहुने, जेन्युन पार्ट्स प्रयोगगर्दा हुनेफाइदा र होन्डाले सिफारिस गरेको मोबिलको गुणस्तरको बारेमा जानकारी दिएका थिए । 

होन्डाको रिजिनल सेल्स मेनेजर दिलकुमार श्रेष्ठले होन्डा ब्राण्डका मोटरसाइकल र स्कुटी युरो ४ सरहको मापदण्डको आयात भैरहेकाले बाताबरणमैत्री रहेको बताए । 

अटो मेकानिक्स संघका प्रमुख सल्लाहकार माधब पाण्डेको प्रमुख आतिथ्यतामा भएको यो कार्यक्रममा भक्तपुर जिल्लामा रहेका १०० भन्दा बढी मेकानिक्सहरु सहभागी भएका थिए । 

कार्यक्रमका सभापति तथा होण्डा मेट्रो गठाघरका एमडी मिलन सिग्देलले अब ६–६ महिनामा स्याकार कम्पनीसँग मिलेर मेकानिक्स तालिमको ब्यबस्था मिलाउने जानकारी दिए । 


Back_to_top