१० लाख विद्युतीय साधन चलाउने जर्मनीको लक्ष्य धकेलियो

संसारको उत्कृष्ट अटो उत्पादक राष्ट्र जर्मनीले सन् २०२० सम्ममा १० लाख युनिट इलेक्ट्रीक भेइकल निर्माण गर्ने लक्ष्य लिएको थियो । यद्यपी कम्पनीको सो लक्ष्य दुई वर्ष पछाडि धकेलिएको छ । 

गतवर्ष जर्मनीमा १ लाख ३१ हजार इलेक्ट्रीक भेइकल दर्ता भएको थियो । इलेक्ट्रीक सवारीसाधन  प्रति नागरिकको आकर्षण बढाउन जर्मनीले २०१६मा १ बिलियन युरोको अनुदान दिएको थियो । 

तर, इलेक्ट्रीक कारको अत्याधिक मूल्य, न्युन ड्राइभिङ रेन्ज तथा चार्जिङ प्वाइन्टको कमीको कारण मानिसले इलेक्ट्रीक भेइकलसँग मानिसहरुले दुरी बनाउदै लगेका हुन् । जसको कारण कम्पनीहरुले २०२२ मा मात्रै आफ्नो लक्ष्य बमोजिम १० लाख इलेक्ट्रीक सवारी साधान संचालनमा ल्याउने तयारी गरेको हो । जर्मन सरकारले इलेक्ट्रीक कारको मोडलमा ट्याक्स कम गर्नुका साथै एक लाख चार्जिङ स्टेशन निर्माण गर्ने योजना बनाएको छ । 

जर्मनीका यातायात मन्त्री एन्ड्रीयाज शेउरले इलेक्ट्रीक मोबिलिटीको सुरुवात भएको बताउँदै पछिल्लो समय जर्मन लक्ष्य प्राप्तिका लागि रफ्तारमा कुदेको  बताए । उनले एसियाली कम्पनीलाई चुनौति दिने उद्देश्यसहित अटो उत्पादक कम्पनीसँग सोलिड ब्याट्री उत्पादनमा जोड दिन आग्रह गरे । 

इलेक्ट्रीक सवारी साधनको लागि ब्याट्री सेल निक्कै महत्वपूर्ण कम्पोनेन्ट भएको उनले बताए । हाल, जर्मन कम्पनी ब्याट्रीको लागि एशियाली देशसँग निर्भर हुँदै आएको छ । उसले चिनीयाँ कम्पनी सिएटिएलसँग ब्याट्री लिँदै आएको छ ।


Back_to_top