बजाज नेपालको आधिकारीक साइटमा देखियो नयाँ पल्सर एनएस सिरिज

काठमाडौं । बजाज मोटरसाइकलक नेपालको आधिकारिक वेवसाइटमा बजाज पल्सर एनएस २०० र १६० को नयाँ सर्भन लिस्टिङ भएको छ । कम्पनीले आफ्नो वेवसाइटमा मोटरसाइकलको सम्पूर्ण विवरणसहित मूल्यसमेत सार्वजनिक गरेको हो ।

बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी हंशराज हुलाश चन्द एण्ड कम्पनीले एनएस २०० को मूल्य ४ लाख २४ हजार ९०० र एनएस १६० को मूल्य ३ लाख ८४ हजार ९०० रुपैयाँ निर्धारण गरेको हो ।

केहि दिन अघिदेखि यी दुबै मोटरसाइकलको बुकिङ खुल्ला गरिएको छ भने अबको केहि दिन भित्रनै मोटरसाइकल विक्री सुरु गर्ने कम्पनीको तयारी रहेको छ ।

पुरानो एनएस सिरिजको तुलानमा नयाँ एनएस सिरिजमा डबल च्यानल एबीएस, अपसाइड डाउन फर्क, बीएस ६ इन्जिन, गियर पोजिशन इन्डिकेटर, डिस्ट्यान्स टू इम्पिटी इन्डिकेटर जस्ता फिचर थप पाउन सकिन्छ ।

नयाँ एनएस सिरिजमा ३३ एमएमको यूएसडी फर्क पाउन सकिन्छ ।

नयाँ एनएस २०० को तौल पुरानो मोडलको तुलनामा १.५ केजीले कम रहेको छ । यसले मोटरसाइकलको पावर टू वेट रेसियोलाई कम गरेर मोटरसाइककाले पावर आउटपुटमा सुधार ल्याएको छ ।

२०२३ पल्सर एनएस २०० मा १९९.५ सीसी सिंगल सिलिन्डर लिक्वीड कुल्ड इन्जिन रहेको छ । यो इन्जिनले २४।५ पीएस पावर तथा १८.७४ एनएम टर्क जेनेरेट गर्छ । यो मोटरसाइकलमा ६ स्पीडको गियरबक्स जडान गरिएको छ ।

एनएस १६० मा आयल कुल्ड एफआई १६०.३ सीसी सिंगल सिलिन्डर इन्जिन रहेको छ । यसले १७ पीएस पावर तथा १४.६ एनएम टर्क जेनेरेट गर्छ । एनएस १६० मा भने गियर इन्डिकेटर र डिस्ट्यान्स टू इम्पिटी इन्डिकेटर फिचर उपलब्ध छैन ।


Back_to_top