एजेन्सी । जिली होल्डिङले गत मार्चमा बिक्री सुरु गरेको नयाँ इलेक्ट्रीक कारबाट गुड्दा गुड्दै ब्याट्री प्याक खसेको छ । विद्युतीय कारमा यसरी गुड्दा गुड्दै ब्याट्री खसेको घटना सायद पहिलो पटक होला ।
जिली होल्डिङको स्वामित्वमा रहेको नयाँ इलेक्ट्रीक ब्राण्डको ‘काओ काओ ६०’को पुरै ब्याट्री प्याक गुड्दा गुड्दै खसेको हो । चिनियाँ मिडियाहरुमा प्रकाशित भिडियोमा देखिए अनुसार ‘काओ काओ ६०’ ईभी गुडिरहेको अवस्थामा नै पुरै ब्याट्री सडकमा खसेको थियो ।
ब्याट्री खसेपछि पनि केहि सेकेन्डसम्म गाडी गुडिरहेको भिडियोमा देखिन्छ । जतिबेला गाडी रोकिएको थियो, त्यतिबेला ब्याट्री खसेको स्थानबाट गाडी करिब २० मिटर अगाडि बढेको थियो । सडकमा ब्याट्री खसेपनि आगलागी भने भएन ।
उभर, लिफि जस्ता राइड हेलिङ कम्पनीलाई मध्येनजर गर्दै जिलीले ल्याएको काओ काओ ईभी ‘ब्याट्री स्वापीङ टेक्नलोजी’मा आधारित रहेको छ । लन्चिङको समयमा ६० सेकेन्ड भित्र पुरै ब्याट्री प्याक स्वापिङ गर्न सकिने दावी कम्पनीले गरेको थियो ।
यो एसयूभीको रेन्ज सीएलटीसीले ४१५ किलोमिटर दावी गरिएको छ । यो कारमा प्रयोग भएको ब्याट्रीको प्रयोगबाट ६ लाख किलोमिटर चलाउन सकिने कम्पनीले दावी गरेको छ ।

