काठमाडौं । हुन्डाईको चर्चित इलेक्ट्रीक क्रसओभर आयोनीक-५ को पफर्मेन्स मोडल सार्वजनिक भएको छ । कम्पनीले यसको नाम ‘आयोनीक-५ एन’ राखेको हो ।
एन सिरिजमा हुन्डाईले यसअघि पनि पफर्मेन्स मोडल बनाउँदै आएको थियो । आयोनीक-५ एनमा दुईवटा इलेक्ट्रीक मोटर दिएको छ । दुबै मोटरको संयुक्त पावर ६०९ पीएस रहेको छ । मोटर र पावरसँगै कम्पनीले ‘एन’ मोडलमा केही कसमेटीक परिमार्जन समेत गरेको हो ।
हुन्डाईले आयोनीक-५ को पावर वृद्धि गर्न ‘एन ग्रेन बुस्ट मोड’समेत दिएको छ । यसले मोटरलाई २१ हजार रिभोलुसन पर मिनेट’को स्पीड घुमाउँछ र ६५० पीएस पावर प्रदान गर्छ । उक्त एनग्रेन फङ्सन केबल १० सेकेन्ड मात्र चल्छ ।
यसको पफर्मेन्स यति सुधारिएको छ कि केबल ३.४ सेकेन्डमा कारले शून्यबाट १०० किलोमिटर प्रतिघण्टाको स्पीड भेट्टाउने छ । यसको टप स्पीड क्षमता २६० किलोमिटर प्रतिघण्टा रहेको छ ।
कम्पनीले आयोनीक-५ को पफर्मेन्स मोडलमा ८४ किलोवाट आवरको ब्याट्री प्याक दिएको छ । यसले पनि रेगुलर मोडलको जस्तै ३५० किलोवाटको डिसी फास्ट चार्जर सर्पोट गर्छ ।
हुन्डाईले आयोनीक-५ एन सिरिजमा ८ वटा भित्र र २ वटा बाहिर गरी १० वटा स्पीकर दिएको छ । साथै, इग्नाइट, इभोलुसन र सुपरसोनीक गरी ३ म्युजिक थीमसमेत दिइएको छ ।
यसको इग्नाइट म्युजिक थीमले टर्बो पेट्रोल इन्जिनको साउण्ड निकाल्छ भने इभोलुसनले ईभीको आवाज निकाल्छ । त्यस्तै यसमा रहेको सुपरसोनीक थीमले टुइन इन्जिन फाइटर जेटको आवाज दिनेछ ।

आयोनीक-५ रेगुलरको दाँजोमा ८० एमएम लामो, ५० एमएम चौडा रहेको नयाँ एन मोडलमा २१ इन्चको आल्मुनीयम अलोय ह्वील दिइएको छ । साथै, एयर कर्टेन तथा एयर फ्ल्याप्ससहित रिडिजाइन गरिएको बम्परले एयर फ्लो बढाएर कुलिङलाई अझ मद्धत गर्छ । बम्परको लोअर पार्टमा अरेन्ज कलरको लाइन दिएको छ । जुन गाडिको वरिपरीनै घुम्छ ।
यसको इन्टेरियरमा पनि स्टेरिङ ह्वीलमा एनको सिम्बोल रहेको छ । स्टेरिङमै दुईवटा एन बटम समेत थपिएको छ । उक्त बटमले ड्राइभिङ मोड सेलेक्ट गर्न सजिलो बनाउँछ । यसको सेन्टर कन्सोल र आर्मरेष्ट पनि रिडिजाइन भएको छ ।

