काठमाडौं । फ्रेन्च कार निर्माता रेनोले क्वीडको इलेक्ट्रीक भर्सन भारतमा उत्पादन गर्ने भएको छ । कम्पनीले भारतमा बढ्दो ईभीको उत्पादन र चर्चाको बीचमा क्वीड ईभी उतपादन गर्ने जानकारी दिएको हो ।
रेनो इन्डियाका प्रबन्ध निर्देशक वैंकटराम मामिलापल्ले क्वीडको इलेक्ट्रीक भर्सन बजारमा ल्याउने गरी काम भइरहेको जानकारी दिएका छन् । उनले एक अन्तर्वार्तामा भनेका छन्, ‘रेनोको चर्चित ह्याचव्याक क्वीड इलेक्ट्रीक अबको १२ देखि १८ महिना भित्र भारतीय बजारमा उपलब्ध हुनेछ ।’
भारतमा उत्पादन हुने क्वीड इलेक्ट्रीक अहिलेको क्वीडको तुलनामा फरक देखिने अनुमान गरिएको छ । रेनोले क्वीडको लागि ५५-६० प्रतिशत कम्पोनेन्ट भारतमा नै उत्पादन जानकारी मामिलापल्लेले दिएका छन् ।
चीनमा डोङफेङ र रेनो बीच सहकार्यमा कार उत्पादन हुँदै आएको छ । यस्तोमा भारतीय बजारमा उत्पादन हुने रेनोको इलेक्ट्रीक ईभी रेनोको डिजाइन भन्दा फरक हुन सक्ने आँकलन गरिएको छ ।
रेनोले क्वीडमा रहने टेक्नीकल विषयमा कुनै जानकारी बाहिर आएको छैन । तर, नयाँ आउने ईभी १० लाखभन्दा कम मूल्यमा आउने छ । यसको क्याविन फराकिलो, राम्रो रेन्ज र क्रसओभर डिजाइनमा उपलब्ध हुने अनुमान गरिएको छ ।
रेनोले चीनमा केजेडई नामबाट क्वीड इलेक्ट्रीक बिक्री गर्दै आएको छ । त्यस्तै डासिया स्प्रीङ ब्राण्ड नेममा पनि क्वीड इलेक्ट्रीक उपलब्ध रहेको छ । ब्राजिलमा पनि यसको इलेक्ट्रीक मोडल बिक्री हुँदै आएको छ ।
डासिया स्प्रीङमा २६.८ किलोवाट आवर क्षमताको लिथियम आयोन ब्याट्री र ४८ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर उपलब्ध रहेको छ । यसलाई इको मोडमा चलाउँदा ४४ पीएस पावर मात्र प्रदान गर्छ । इको मोडमा ब्याट्री बचाउन यो टेक्नोलोजी प्रयोग गरिएको हो । यसले हाइवेमा २६५ किलोमिटर र सहरी क्षेत्रमा ३०० किलोमिटर रहने बताइएको छ ।
भारतमा उत्पादन हुने रेनो क्वीडको विषयमा कम्पनीले अहिलेसम्म कुनै पनि जानकारी बाहिर ल्याएको छैन ।

