माछापुच्छ्रे बैंकको ४शाखा रहित बै‌किङ्ग सेवा

काठमाडौं ।माछापुच्छ्रे बैंक लिमिटेडले तनहुँ र खोटाङ्गमा ४ शाखा रहित बैकिङ्ग सेवा संचालनमा ल्याएको छ । बैंकले तनहुँको बन्दिपुर गाँउपालिका, खोटाङ्गको रुपाकोट मझुवागढि नगरपालिका, खोटाङ्गको हलेसी तुबचुङ्ग नगरपालिका (च्यास्मीटार), खोटाङ्ग कै हलेसी तुबचुङ्ग नगरपालिका (धितुङ्ग)मा थप ४ शाखा रहित बैकिङ्ग सेवा संचालनमा ल्याएको छ ।

योसहित माछापुच्छ्रे बैंक लिमिटेडको हालसम्म ३३ शाखा रहित बैकिङ्ग सेवा सुचारु भईसकेको बै‍कले जनाएको छ । ग्राहक सेवा केन्द«को रुपमा संचालित उक्त शाखा रहित सेवा केन्द्हरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भूत्तानी, साथै कर्जा आवेदन गर्नेसमेत गर्न सकिने जनाएको छ । बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाताखोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराउने भएको छ ।

बै‍कले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ८६ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत ३३ शाखा रहित बैकिङ्ग सेवासमेत गरी जम्मा १२१ स्थानबाट ग्राहकहरुमा सम्पुर्ण बैकिङ्ग सुबिधा प्रदान गरीरहेको छ । साथै, बंैकको देशभर ९९ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।  


Back_to_top