बलिउडका चर्चित अभिनेता अमिताभ बच्चन अन्य सेलिब्रेटीजस्तै कारका शौखिन छन् । उमेरले ७६ वर्ष टेकेका बच्चनसँग संसारकै लग्जरिस तथा महंगा कारको संकलन रहेको छ ।
फिल्म उद्योगका मेगास्टारको रुपमा परिचित बच्चनसँग मर्सिडिज, बेनेलीजस्ता विभिन्न लक्जरी कार चढ्दै आएका छन् । आफ्नो ग्यारेजलाई उनले विश्वकै लग्जरी ब्रान्डका कारले भरेका छन् ।
रेञ्ज–रोभर
यो एसयूभीलाई अभिताभले आफ्नो आवश्यकताबमोजिम परिमार्जन गरेका छन् । रेञ्ज–रोभर अटोबायोग्राफी एलडब्ल्यूमा ४.४ लिटरको भी–८ इञ्जिन लगाइएको छ । यसमा ८–स्पीड अटोमेटिक ट्रान्समिसन लगाइएको छ । यसले ० देखि १०० किलोमिटरको रफ्तार पकड्न जम्मा ६.९ सेकेन्डको समय अवधि लगाउने गर्छ । २ सय १८ किलोमिटर प्रतिघन्टाको रफ्तार पकड्ने यो कार फोर–ह्वील ड्राइभ एसयूभी हो ।
रोल्स–रोयस
फिल्म एकलब्यमा अमिताभ बच्चनको भूमिकाबाट प्रभावित भएर निर्माता–निर्देशक बिधुविनोद चोपडाले उनलाई रोल्स–रोयस उपहार दिएका थिए । यो कारलाई रोल्स–रोयसको इज्जतसँग जोडेर हेर्ने गरिन्छ ।
पेट्रोल ल्यान्ड–क्रूजर
अमिताभ बच्चनसँग संकलित अर्काे कार हो, ल्यान्ड–क्रूजर । अन्तर्राष्ट्रिय बजारमा ल्यान्ड–क्रूजरको तीन अप्सन उपलब्ध छन् । जसमा २.७ लिटर पेट्रोल, २.८ लिटर डिजेल र ४.० लिटर डिजेल इञ्जिन रहेका छन् । यो गाडी निकै दमदार गाडी हो ।
मर्सिडिज ई–२४० सेडान
बच्चनसँग भएको अर्काे मोडल हो, मर्सिडिज ई–२४० सेडान । यसको सुरुवाती मूल्य ५६ लाख रहेको छ । यसमा २४९७ सीसी क्षमताको पेट्रोल इञ्जिन लगाइएको छ । यो कारले प्रतिलिटर ९ किलोमिटरको माइलेज प्रदान गर्छ । यसमा अटोमेटिक ट्रान्समिसन दिइएको छ ।
बेन्टेली कन्टीनेन्टल–जिटी
अमिताभ बच्चनको ग्यारेजमा रहेको यो लग्जरियस कारको मूल्य ४ करोड ४ लाख भारतीय रुपैयाँ रहेको छ । यसमा उपलब्ध ६ लिटर इञ्जिनले ६२६ पीएस पावर उत्पादन गर्छ । कम्पनीकाअनुुसार यो कारकले ० देखि १०० किलोमिटको रफ्तार पकड्न ३.७ सेकेन्डको समय लगाउँछ ।
यसकासाथै बच्चनसँग मर्सिडिज एसएल–५००, लेक्सस एलएक्स–४७०, बीएमडब्ल्यू ७ सिरिज र मर्सिडिज एस–३२० जस्ता कार संकलनमा छन् ।


