यूएम बाइकको नयाँ शोरुम सामाखुसीमा

काठमाडौं । यूएम बाइकको आधिकारिक वितरक आइएमई अटोमोटिभ्सले सामाखुसीमा यूएम बाइकको नयाँ सोरुम सञ्चालनमा आएको छ ।

कम्पनीले एपी अटो इन्टरप्राइजेजलाई बाइकको आधिकारिक सोरुमको रुपमा संचालनमा ल्याएको हो । 

आईएमई अटोमोटिभ्सका चिफ अपरेटिङ अफिसर दामोदर खनालले सोरुमको उद्घाटन गरे । उद्घाटन समारोहमा यूएम बाइकका डिभिजन हेड उज्वल जोशी, एपी अटो इन्टरप्राइजेजका अध्यक्ष चन्द्रप्रकाश राजभण्डारीलगायतको उपस्थिति  रहेको थियो । 

सो अवसरमा नयाँ बाइक खरिद गर्ने ग्राहकहरुलाई चाबी हस्तान्तरण गरिएको थियो । यूएम अमेरिकी ब्रान्डको बाइक हो । नेपालमा यूएमका रेनेगेड स्पोर्ट्स एस, रेनेगेड कमान्डो, हाइपर स्पोर्ट्स, डीएसआर टु र रेनेगेड स्पोर्ट्स बाइक तथा नाइट्रोक्स र पावरम्याक्स स्कुटर उपलब्ध छन् ।


Back_to_top