बजाजले आफ्नो चर्चित मोडल पल्सर एनएस १२५ सार्वजनिक गरेको छ । कम्पनीले पोल्यान्डमा यसको आधिकारीक सार्वजनिक गरेको हो ।
भारतीय बजारमा पनि यही पल्सर आउने अनुमान गरिएको छ । भारतमा आएको पल्सर नेपाली बजारमा पनि आउने छ ।
बिभिन्न भारतीय मिडिया रिपोर्टले जनाए अनुसार कम्पनीले उत्पादन गर्ने १२५ सीसी पल्सरमा एबीएससमेत हुनेछ । यो बाइक पल्सर मोडलको सबैभन्दा सस्तो र इन्ट्री लेवलको हुनेछ ।
बजाजको नयाँ पल्सर १२५ मा ४ भल्ब इन्जिन दिइएको छ । १२ बीएचपी पावर र ११ एनएम टर्क जेनेरेट गर्ने यो इन्जिनले बाइकको परर्फमेन्स निकै राम्रो हुने दाबी गरिएको छ । यसमा ५ स्पिड गियरबक्स रहने छ ।
यो पनि पढ्नुस्ः घरमै ड्राइभिङ लाइसेन्स पुर्याउने तयारीमा सरकार: केशव स्थापित
कम्पनीले यसलाई भारतीय बजारमा २०१९ को सुरुवातमा सार्वजनिक गर्ने तयारी गरिरहेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।
बजाजसँग १२५ सीसी सेग्मेन्टमा डिस्कभर मात्रै रहेकाले भारतीय बजारको माग अनुसार कम्पनीले उत्पादन गर्ने रणनीति बनाएको जनाइएको छ ।
भारतीय बजारमा होन्डा साइन र हिरो ग्यामरसँग प्रतिस्पर्धाको लागि कम्पनीले पल्सर १२५ ल्याउन लागेको अनुमान गरिएको छ । पल्सर २००१ देखी निरन्तर चर्चामा रहेको मोटरसाइकल हो ।
नेपाली बजारमा पनी २००१ बाट नै बिक्री वितरण सुरु भएको पल्सर अहिले पनि सर्वाधीक बिक्री हुने वाइक मध्यमा पर्छ ।

