यामाहाले २०१९ मोडलको वाईजेडएफ–आर २५लाई विश्व बजारमा सार्वजनिक गरेको छ । कम्पनीले आफ्नो बहुचर्चित आर १५ भी सिरिजमा बढ्दो आर्कषण पाएसँगै आर १५ को तुलनामा निकै पावरफुल र मस्कुलर आर २५ लाई मलेसियाबाट विश्व बजारमा ल्याएको हो ।
आर २५ मा २५० सीसीको प्यारालल ट्विन लिक्विड कुल्ड इन्जिन दिइएको छ, जसले ३५.५ एचपी पावर र २२.६ एनएम टर्क प्रदान गर्छ । इन्जिनमा ६ स्पिड गियर बक्स उपलब्ध छ ।
यामाहाले २०१९ मोडलको आर २५ लाई धेरै हदसम्म आर वान सुपरबाइकसँग मिल्दो बनाएको छ ।
एरोडाइनामिक बडी डिजाइन, स्प्लिट सिटका साथ एलईडी हेडल्याम्प र एलसीडी डिस्प्ले छ, यसका कारण बाइक राइडरले सबै प्रकारको जानकारी त्यहीबाट प्राप्त गर्न सक्छन् । यसको तौल १६६ किलोग्राम छ ।
ब्रेकिङका लागि फ्रन्टमा सिंगल हाइड्रोलिक डिस्क छ भने रियरमा एबीएस र नन एबीएस गरी दुई भर्सनमा डिस्क ब्रेक छ । रेसिङ ब्लु, मेट ब्ल्याक र मेट रेड गरी तीन कलरमा यो बाइक उपलब्ध छ । यद्यपि हाल यसको बजार मूल्यको वारेमा जानकारी दिइएको छैन । संभवत २०१९मा यो बाइक नेपाली बजारमा आउने संभावना रहेको छ ।


