जीप मेरिडियनको डेलिभरी सुरू, एकैदिन ३ वटा हस्तान्तरण

काठमाडौं । जीपको सेभेन सिटर एसयूभी जीप मेरिडियनको डेलिभरी सुरू भएको छ । नेपालका लागि अमेरिकी एसयूभी ब्रान्ड जीपको आधिकारिक बिक्रेता एमएडब्ल्यू लाइफले सोमबारदेखि जीप मेरिडियनको डेलिभरी सुरू गरेको हो ।

कम्पनीले काठमाडौं नक्सालस्थित शोरुमबाट सोमबार एकैदिन तीन वटा मेरिडियन ग्राहकलाई हस्तान्तरण गरेको हो ।

मेरिडियन लेजेन्डरी एसयूभी ब्रान्ड जीपको फोर बाइ फोर क्यापाबिलिटी भएको पहिलो सेभेनसिटर एसयूभी हो । नेपालमा मेरिडियनको टप भेरियन्ट लिमिटेड (O)  मात्र उपलब्ध छ ।

यसमा २.० लिटरको मल्टिजेट डिजेल इन्जिन छ । यसको नाइन–स्पीड अटोमेटिक ट्रान्समिसनले १६८ बीएचपी पावर र ३५० एनएम टर्क उत्पन्न गर्नेछ । यसमा स्यान्ड, मड, स्नो र अटो अप्सन रहेको सेलेक–टेरेनसहितको जीपको लेजेन्डरी फोर बाइ फोर सिस्टम रहेको छ ।

एमएडब्ल्यू लाइफका सीईओ जोजु जोस थट्टिलले जीप मेरिडियन ‘एड्भेन्चर’ र ‘सोफिस्टिकेसन’को अनुपम मिश्रण रहेको बताए । ‘जीप मेरिडियन एड्भेन्चर र सोफिस्टिकेसनको अनुपम मिश्रण हो जसमा धेरै सेग्मेन्ट–फस्र्ट फिचरहरू छन् र यो अनरोड र अफरोड दुवैका लागि क्षमतावान् छ,’ उनले भने ।

पछिल्लो समय अटो बजार सुस्त रहे पनि जीपले आफ्ननो गति कायमै राखेको उनले बताए । ‘पछिल्ला केही वर्षमा नेपाली अटो बजार सुस्त भए पनि जीपले नेपालमा आफ्नो बिक्रीको गतिलाई कायम राखेकोमा हामी खुशी छौं । देशको अर्थतन्त्रको नकारात्मक प्रभाव अटो क्षेत्रमा भए पनि हामीले यो आर्थिक वर्षको पहिलो त्रैमासिकको सेल्स टार्गेटलाई हासिल गर्न सफल भएका छौं,’ उनले भने ।

जीप मेरिडियन कठोर भौगोलिक अवस्थाका लागि जबरजस्त मात्र छैन सुन्दर पनि छ । जीपको आइकनिक सेभेन–स्लट ग्रिल, डीआरएलसहितको पावरफुल एलईडी प्रोजेक्टर हेडल्याम्प, बम्परमा राखिएका सिल्भर लाइन क्रोम फिनिसले मेरिडियनलाई आधुनिक एसयूभीको रुप दिएको छ ।

मेरिडियनमा जीपको यू–कनेक्ट जडित १०.१ इन्चको टचस्क्रीन, १०.२ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, पानोरामिक सनरुफ, वायरलेस स्मार्ट कनेक्टिभिटी, वायरलेस फोन चार्जिङ, डुअल–जोन क्लाइमेट कन्ट्रोल, भेन्टिलेटेड पावर्ड फ्रन्ट सिट र पावर टेलगेट लगायतका फिचर छन् ।

साथै, सुरक्षाका लागि यसमा ६ वटा एअर ब्याग, ३६० डिग्री क्यामेरा, टायर प्रेसर मनिटरिङ, ट्रयाक्सन कन्ट्रोल, ईएससी, हिल–स्टार्ट एन्ड डिसेन्ट कन्ट्रोल जस्ता फिचर छन् ।


Back_to_top