काठमाडौं । दक्षिण कोरियाली अटोमोबाइल कम्पनी कियाले भारतमा उत्पादन गरेको दोस्रो मोडल सब कम्प्याक्ट एसयूभी सोनेटको फेसलिफ्टको एक्टेरियर (बाहिरी डिजाइन) सार्वजनिक भएको छ ।
आगामी महिना भारतमा लन्च हुने किया सोनेटको चीनमा सडक परीक्षणको क्रममा खिचिएका तस्वीरहरू बाहिरिएका हुन् । चीनमा उत्पादित सोनेटको लम्बाइ इण्डियन भर्सनकोभन्दा लामो रहेको छ । तर, यसको डिजाइनमा भने धेरै हदसम्म समानता रहने छ ।
सन् २०२० को सेम्टेम्बर भारतमा लन्च भएको सोनेटको मिडलाइफ फेसलिफ्ट हुने भएको हो । फेसलिफ्ट सोनेटमा फ्रेस डिजाइनको एलईडी हेडल्याम्प, इन्भर्टेड एल सेपको एलईडी डेटाइम रनिङ लाइट रहेको छ । जसले सोनेटलाई अन्य भन्दा फरक देखाउन मद्दत गर्नेछ ।
सोनेटमा अब कियाको मिडसाइज एसयूभी सेल्टाेसमा जस्तै कनेक्टेड टेललाइट हुनेछ । यसमा नयाँ डिजाइनको १६ इन्चको डिउलटान डायमण्डकट अलोय ह्वील रहेको छ ।

रुफरेल, सिंगल प्यानल सनरुफ, सार्कफिन एन्टेना आदि यसको सिलिङमा देख्न सकिन्छ ।
फेसलिफ्ट सोनेमा डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर तथा टचस्क्रीन इन्फोटेन्मेन्ट सिस्टमसहितको ड्युअल स्क्रीन सेटअप रहने छ । भेन्टिलेटेड फ्रन्ट सिट, अटोमेटिक क्लाइमेट कन्ट्रोल, रियर एसि भेन्ट, कनेक्टेड टेक जस्तो प्रिमियम फिचरले लोडेड हुने सोनेटमा ६ वटा एयरब्याग तथा एड्भान्स ड्राइभर असिस्ट सिस्टम (एडास) फिचर रमेत रहने छ ।

यसमा इन्जिन भने पहिलाकोमा जस्तै १.२ लिटर पेट्रोल, १.० लिटरको टर्बोचाज्र्ड पेट्रोल तथा १.५ लिटरको डिजल इन्जिन रहेको छ । ट्रास्मिसनमा भने ५ स्पीडको म्यानुअल, ६ स्पीडको आइएमटी म्यानुअल, ६ स्पीडको टर्क कन्भर्टर अटोमेटिक तथा ७ स्पीडको डिउल क्लच अटोमेटिक अप्सन पाउन सकिनेछ ।

