दशैंमा धेरै दिन बाइक थन्क्याउनेले गर्नु पर्ने ६ काम

काठमाडौं । दशैंमा लामो छुट्टीमा जाँदै हुनुहुन्छ । र, आफ्नो मोटरसाइकल थन्क्याउने योजना बनाउनु भएको छ भने केही कुरामा ध्यान दिनु पर्ने हुन्छ ।

यदि तपाई साथिभाइसँग कतै केहि दिनका लागि ट्रेकिङ वा ग्रुपमा चार पाङ्ग्रे साधन लिएर घुम्न जाँदै हुनुहुन्छ भने तपाइले आफ्नो मोटरसाइकलाई हेरचाह गरेर राख्नु पर्ने हुन्छ ।

तपाइले केहि दिनका लागि प्रयोग नगर्ने हो भने बाइकलाई आफैले घरमा नै बिभिन्न विधिबाट सुरक्षित तरिकाले राख्न सक्नुहुन्छ । आज हामीले तपाईले घरमै गर्न सक्ने कामका बारेमा यहाँ चर्चा गरेका छन् ।

राम्रो सँग धुने

हामीले दिनहु प्रयोग गरेको मोटरसाइकलमा माटो, धुलोहरु लागेको हुन्छ । यदि हामिले लामो समयका लागि मोटरसाइकल प्रयोग नगर्ने हो र थन्काएर राख्ने हो भने माटोका कारण खिया लाग्ने समस्या हुन्छ ।

यस्तो हुन नदिनका लागि आफैले राम्रोसँग धोएर राख्न सकिन्छ । मोटराइकल धुनका लागि स्याम्पुमो प्रयोग गर्न सकिन्छ । राम्रोसँग धोएर सबै पानी सुकाएर राख्नु उपयुक्त हुन्छ ।

कभर लगाएर राख्ने

राम्रोसँग धोएको मोटरसाइकललाई कभरले छोपेर राख्नु उपयुक्त हुन्छ । मोटरसाइकल नछोपी राख्दा फेरी धुलो जम्ने, धामले तात्ने जस्ता समस्या हुन सक्छ । यस्तो अवस्था नआवस भन्नका लागि राम्रोसँग छोपेर राख्न सकिन्छ । छोपेर राख्दा पनि सकेसम्म घाम नलाग्ने स्थानमा राख्नु उचित हुन्छ ।

चेन स्प्रे

हामीले घरमा मोटरसाइकल धुँदा चेनलाई छुट्टै सफा गर्नु पर्छ । चेन सफा गर्न ब्रसको प्रयोग गर्न सकिन्छ । चेनलाई राम्रोसँग सफा गरेर चेन ल्यूव लगाएर राख्दा पछि चलाउँदा पर्फमेन्स राम्रो हुन्छ ।

डबल स्याण्ड लगाउने

मोटरसाइकल लामो समय राख्दा डबल स्याण्ड लगाएर राख्नु पर्छ । धेरै समयसम्म सिगंल स्याण्ड लगाएर राख्दा साइड स्याण्ड लच्किने तथा मोटरसाइकल लड्ने सम्भावना हुन्छ । यस्तो सम्भावित घटना नहोस भनेर डबल स्याण्ड प्रयोग गर्नु उपयुक्त हुन्छ ।

पेट्रोल लेभलमा राख्ने

लामो समयसम्म हाम्रो मोटरसाइकलको ट्याङ्क सुख्खा राखियो भने खिया लाग्छ । अझै आजकाल धेरै जसो मोटरसाइकल एफआई टेक्नोलोजीमा आधारित भएका कारण यसमा भएको एफआईको फ्यूल पम्प नै इन्धन ट्याङ्को भित्र हुने कारण कम पेट्रोलमा राख्दा पम्पमा नै खिया लाग्न सक्छ ।

हामीले यसलाई बचाउनका लागि एफआई भएको मोटरसाइकलमा कम्तिमा ३.५ लिटर पेट्रोल राख्नु उचित हुन्छ । लामो समय नचलाई राख्ने मोटरसाइकलमा फुल ट्याङ् पेट्रोल राख्नु पनि राम्रो मानिदैन ।

चुना राख्ने

लामो समयसम्म गराजमा मोटरसाइकल थन्काएर राख्दा मुसाले मोटरसाइकलको वायरिङ तथा सिटहरु काट्ने समस्या हुन्छ । आजकाल मोटरसाइकलमा राखिने इम्वोस्ड नम्वर प्लेट मुसाने खाने समस्या देखिएको छ । यसबाट बच्न हामीले मोटरसाइकल राखिएको वरिपरि चुना छरिदिने हो भने मुसा मोटरसाइकलको नजिक आउँदैन ।


Back_to_top