हिरोको नयाँ स्कुटर डेस्टिनी आजबाट बजारमा आउँदै, यी हुन् विशेषता

भारतको सबैभन्दा ठूलो टु ह्वीलर कम्पनी हिरो मोटो कर्पले आफ्नो नयाँ स्कुटर डेस्टिनीलाई आज सोमबारबाट बजारमा उतार्ने भएको छ । कम्पनीले पहिलो पटक १२५ सीसी इन्जिन क्षमतामा डेस्टिनीलाई ल्याएको हो । 

१०० देखि ११० सीसी क्षमतामा कम्पनीले यसअघि नै प्लेजर, मेस्ट्रो एज, डुएटजस्ता मोडल बिक्री वितारण गर्दै आएकोमा अब भने १२५ सीसीमा डेस्टिनीलाई बजारमा उतारेको छ । 

कम्पनीले दिल्ली अटो एक्स्पोमा पहिलो पटक सार्वजनिक गरेको यो स्कुटरलाई प्रिमियम फिल दिएर निर्माण गरेको जनाएको छ । तर, कम्पनलिे ११० सीसीको डुएटको अपग्रेटेड भर्सनको रुपमा यसलाई सार्वजनिक गर्दैछ । 

यसमा क्रोम गार्निसको प्रयोग गरिएको छ । साथै टेलिस्कोपिक फ्रन्ट सस्पेन्सन, एक्स्र्टनल फियुल फिलिङको साथ रिमोर्ट ओपनिङ, अन्डर सिट स्टोरेजमा लाईट, डिजीटल इन्ट्रुमेन्ट क्लस्टरजस्ता फिचर रहेको छ ।

यसमा दिइएको १२५ सीसीको इन्जिनले ८.७ पीएस पावर र १०.२ एनएम टर्क जेनेरेट गर्छ । यसमा कम्पनीले (आईडल स्पट स्टार्ड सिस्टम) आई३एस टेक्नोलोजीको प्रयोग गरेको जनाएको छ । जसले फियुल बचत गर्न सहयोग गर्नेछ । यसको सिधा प्रतिस्पर्धा टीभीएस एनटर्कसँग हुने अनुमान गरिएको छ । 

नेपाली बजारमा हिरोको आधिकारीक वितरकको रुपमा नेपाल जनरल मार्केटीङ (एनजीएम)ले गर्दै आएको छ । कम्पनी स्रोतका अनुसार नेपाली बजारमा चाँडै डेस्टिनी १२५ नेपाली बजारमा आउने छ । 


Back_to_top