महिन्द्रा मराजोमा थपियो नयाँ सिस्टम, दुई महिनापछि नेपाली बजारमा

महिन्द्रा कम्पनीले केही साता अगाडि सार्वजनिक गरेको एमपीभी मराजोमा पुनः एप्पल कार–प्लेको विशेषता थप गरेको छ । ग्राहकको मागलाई मध्यनजर गर्दै कम्पनीले एमपीभीमा यो विशेषता थप गरेको हो । 

कारमा यसअघि नै एन्ड्रोइड अटो कनेक्टिभिटीको फिचर दिइएको थियो । एप्पल कार–प्ले जडान गरेसँगै ग्राहकले आफ्नो आइफोनलाई कारको इन्फोटेनमेन्ट सिस्टमसँग कनेक्ट गर्न सक्नेछन् । 

कम्पनीले भारतीय बजारमा एम–टु, एम–फोर, एम–सिक्स र एम–अइट गरी चारवटा भर्सन सार्वजनिक गरेको छ । नेपाली बजारमा २०१९ को सुरुवातमै सार्वजनिक गर्ने तयारी भइरहेको जनाइएको छ । 

कारमा १.५ लिटर फोर–सिलिन्डरको इन्जिन दिइएको छ । जसले १२० बीएचपी पावरकासाथै ३०० न्यूटन मिटर–टर्क उत्पादन गर्छ । इन्जिनमा सिक्स–स्पीड म्यानूअल गियरबस दिइएको छ । यसले प्रतिलिटर १७.६ किलोमिटर माइलेज प्रदान गर्छ । यो कार विभिन्न ६ कलर अप्सनमा बजारमा उपलब्ध छ । 

महिन्द्रा मराजोको ड्यासबोर्डको टपमा प्लास्टिकको प्रयोग गरिएको छ भने फ्रन्ट–साइडमा पियानो ब्ल्याक फिनिश दिइएको छ, जसले यसको ड्यासबोर्डलाई निकै स्टाइलिस देखाएको छ । 

यसको सेन्टरमा ‘अल न्यू–७ इञ्च टचस्क्रिन इन्फोटेन्टमेन्ट सिस्टम’ लगाइएको छ । जुन महिन्द्राको लेटेस्ट सफ्टवेयरको रुपमा परिचित छ । यसले एप्पल कार–प्ले तथा एन्ड्रोइड अटोकासाथै यूएसबी र ब्लू–टुथ कनेक्टिभीटीलाई समेत सपोर्ट गर्नेछ ।

यो एमपीभीको स्टेयरिङ्ग ह्वीलमा ब्लू–टुथ कन्ट्रोल, इलेक्ट्रीक एड्स्टेबल र फोल्डिङ्ग विग्स ग्लास लगाइएको छ । यसको अलवा अटोमेटिक क्लाइमेट कन्ट्रोल, मराजोमा स्ट्यान्र्डर्ड डबल एयरब्याग लगाइएको छ । महिन्द्रा मराजोको इन्टेरियरमा ड्यूल टोन कलर स्किम दिइएको छ । कम्पनीकाअनुसार यो एमपीभी–७ सिटको अप्सन उपलब्ध रहेको छ ।  

मराजोको टच–स्क्रिन इन्फोटेनमेन्टको मुनि, कारको एयर कन्डिसन लगाइएको छ । गाडीको टप एन्ड भेरिएन्टमा अटोमेटिक ट्रान्समिसन दिइएको छ । साथै, इन्ट्री–लेभल भेरिएन्टमा म्यानूएल–एसी दिइएको छ । 


Back_to_top