सन् २०२३ लाई फर्केर हेर्दाः नेपाल आएर चर्चा र पैसा दुबै कमाएका ६ कार

काठमाडौं । सन् २०२३ विदा हुने तरखरमा छ । सन् २०२३ नेपाली अटोमोवाइल क्षेत्रको लागि खासै उत्साह पूर्ण बन्न सकेन । तथापि, केही नयाँ मोडलहरु बजारमा प्रबेश गरेर चर्चासँगै राम्रोसँग पैसा पनि कमाउन सफल भए ।

सन् २०२३ मा सबैभन्दा धेरै इलेक्ट्रीक भेहिकल चर्चा र बिक्री धेरै भयो । सन् २०२२ मै नेपाल आएको बीवाइडी एटो–३ ले बजारलाई लिड ग¥यो । त्योसँगै एमजी जेडएस ईभी र टाटा नेक्सनले पनि बजारमा राम्रो बिक्री पायो । तर, २०२३ मै पहिलो पटक आएको नयाँ कार र ब्राण्डहरुले समेत आफुलाई स्थापित गर्न सफल भए ।

यसबीचमा सेरेस ब्राण्ड नेपाल आयो । उसको सेरेस–३ र ई–१, एमजी–४ र कोमेट, एमजी एस्टर, टाटा पन्च, टाटा टियागो ईभी, सुजुकी फ्रक्स, सुजुकी जिम्नी, हुन्डाई एक्सटर, सिट्रोन ईसीथ्री, महिन्द्रा स्कर्पियो एन, स्कोडा एल्सभीन, जिडब्लुएम ओरा ३ जस्ता मोडल नेपाल आए ।

यी मध्ये सर्वाधिक सफल ६ मोडलका बारेमा हामीले यहाँ चर्चा गरेका छौं ।

टाटा टियागो ईभी

नेपाल आएको दुई महिनामा नै हिट बनेको टियागो ईभी नाडा अटो शो २०२३ मा सार्वजनिक भएको हो । साना ईभीको बीचमा आएको फ्यामली ह्याचव्याक इलेक्ट्रीक भएकै कारण यसको बिक्री निकै तिब्रसँग भयो । त्यसमा चाडपर्वको मुखमै आएको कारण त्यसको फाइदा पनि टियागोले धेरै पायो ।

टाटा टियागो सर्ट रेन्जमा १९.२ किलोवाट अवार तथा लङ रेन्जमा २४ किलोवाट आवरको ब्याट्री अप्सन पाउन सकिन्छ । टियागो ईभीले सिंगल चार्जमा २५० देखि ३१५ किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दावी छ ।

Tiago ev

पाँच डोर र ५ सिट अप्सन भएको सानो ईभीले डिसी फास्ट चार्जर समेत सपोर्ट गर्छ । अत्याधुनिक सुरक्षा फिचरसहित १६६ एमएमको ग्राउण्ड क्लियरेन्स र टाटा मोटर्सको देशभर फैलिएको सर्भिस तथा चार्जिङ नेटवर्कको कारण धेरैले टियागो ईभी खरिद गरेका हुन् ।

सिप्रदी ट्रेडिङले आधिकारी बिक्री गर्ने टियागो ईभीको मूल्य २१ लाख ९९ हजारदेखि २७ लाख ९९ हजार रुपैयाँसम्म छ ।

बीवाइडी डल्फिन

चिनियाँ न्यू इनर्जी भेहिकल उत्पादक बीवाइडीले आफ्नो पहिलो प्रिमियम ह्याचव्याक डल्फीन पनि नाडा अटो शो २०२३ बाट बजारमा ल्याएको हो । बजारमा आएको छोटो समयमा नै डल्फीनले धेरैको मन जित्न सफल भयो ।

अत्याधुनिक फिचर र आकर्षक मूल्यका कारण धेरैको नजरमा पर्न सफल डल्फीनमा ४४.९ किलोवाट आवर क्षमताको ब्लेड ब्याट्री प्रयोग भएको छ । डल्फीनमा ७० किलोवाटको मोटर छ ।

डब्लूएलटीपीका अनुसार डल्फीनले फुलचार्जमा ३४० किलोमिटरसम्म रेन्ज दिन्छ । इलेक्ट्रीक ह्याचव्याक भएर पनि १७५ एमएमको ग्राउण्ड क्लियरेन्स यसको थप बलियो पक्ष हो । यसको मूल्य ३९ लाख ८० हजार रुपैयाँ छ ।

स्कर्पियो एन

सन् २०२२ जुन, २७ मा नेपालसहित विश्वका धेरै देशमा एक साथ वर्ल्ड प्रिमियर भएको स्कर्पियो एनलाई अग्नी इनकर्पोरेटले जुलाई २०२३ बाट नेपालमा बिक्री सुरु भएको हो ।

आकर्षक डिजाइन, फोर ह्वील ड्राइभ सहितको अफरोड क्यापावीलीटी कारण यसको चर्चा एकदमै राम्रो छ । मिडसाइज एसयूभी सेग्मेन्टमा स्कर्पियो एन ५ र ७ सिट अप्सनमा उपलब्ध छ ।

महिन्द्राको २.२ लिटर एमहक इन्जिनमा उपलब्ध स्कर्पियो एन डिजेल भर्सनमा मात्रै उपलब्ध छ । यसमा रहेको इन्जिनले अधिकतम १७५ पीएस पावर र ४०० न्यूटन मिटर टर्क जेनेरेट गर्छ । म्यानुअल र अटोमेटीक दुबै गियरबक्समा पाइने स्कर्पियो एनको मूल्य ८१ लाख ४० हजारबाट सुरु हुन्छ ।

एमजी कोमेट

मोरिस ग्यारेज (एमजी)ले नेपाली बजारमा इलेक्ट्रीक भेहिकलमा राम्रो प्रभाव पार्न सफल भएको छ । कम्प्याक्ट एसयूभीमा जेडएस ईभीबाट निकै राम्रो प्रशंसा पाइरहेको कम्पनीले एमजी फोर र कोमेट ईभी एकै साथ नेपाल ल्याएको हो ।

अहिले ठूलो परिमाणमा एमजी फोर नेपाल नआएपनि कोमेटको आयात निकै राम्रो संख्यामा भइसकेको छ । दुई ढोका र फोर सिट क्षमता भएको एमजी कोमेट सहरी क्षेत्रमा मात्र यात्रा गर्न चाहने ग्राहकहलाई एक राम्रो अप्सन भएको छ ।

एमजी कोमेटमा १७.३ किलोवाट आवरको लिथियम आयोन ब्याट्री प्याक छ । यसलाई एक पटकको फुलचार्जमा २३० किलोमिटरसम्म चलाउन सकिने कम्पनीको दावी छ ।

पारामाउन्ट मोटर्सले आधिकारीक रुपमा बिक्री गर्दै आएको कोमेटमा ३१.२६ किलोवाटको इलेक्ट्रीक मोटर छ । यसले ४२ पीएस पावर तथा ११० न्यूटन मिटरको टर्क जेनेरेट गर्छ । यसको टप स्पीड १०० किलोमिटर प्रति घण्टा रहेको छ ।

छोटा ह्वीलवेस र १६५ एमएमको ग्राउण्ड क्लियरेन्स भएकाले सहरी बाटोमा चलाउन र सानो ठाँउमा समेत पार्क गर्न सकिन्छ । नेपाली बजारमा पेस र प्ले गरी दुई भेरियन्टमा लन्च भएको कोमेटको मूल्य १७ लाख ९९ हजार र २० लाख ९९ हजार तोकेर बिक्री हुँदै आएको छ ।

सेरेस

नेपाली अटोमोवाइल बजारमा कम्प्याक्ट एसयूभी सहित प्रवेस गरेको सेरेस चिनियाँ कम्पनी डोङफेङको इलेक्ट्रीक ब्राण्ड हो । नाडा अटो शो २०२३ बाटै नेपाली बजारमा प्रबेश गरेको सेरेसले ४७ लाख ९९ हजार रुपैयाँ मूल्य तोकेर बुकिङ लिएसँगै बजारमा चर्चा पायो ।

आकर्षक डिजाइन, अत्याधुनिक फिचर, स्पेर टायर र १९० एमएम अग्लो ग्राउण्ड क्लियरेन्स भएकाले सेरेस–३ धेरैको नजरमा पर्न सफल भयो । यसमा ५२.७ किलोवाट आवरको ब्याट्री प्याक र ९९ किलोवाटको मोटर छ । यसको औषत रेन्ज ३०० किलोमिटर हाराहारी पाउन सकिन्छ ।

नेपाली बजारमा कम्फर्ट र प्रिमियम गरी २ भेरियन्टमा बिक्री भइरहेको सेरेस–३ को अहिले मूल्य ४९ लाख ९९ हजारदेखि ५२ लाख ९९ हजार रुपैयाँसम्म छ ।

सुजुकी जिम्नी

बिगत धेरै वर्ष अघिदेखि नेपालमा बिक्री भइरहेको सुजुकी जिम्नी भारतमा निर्माण भएर नेपाल आएसँगै थप चर्चा पाउन सफल भयो । लाइफ स्टायल एसयूभी सेग्मेन्टमा राम्रो प्रभाव पर्न सफल जिम्नीले अफरोड यात्रा गर्नेलाई लोभ्याउन सफल भयो ।

पाँच ढोका र ४ सिट क्षमताको जिम्नी फोर ह्वील ड्राइभ एसयूभी हो । सुजुकीको के१५बी १४६२ सीसीको पेट्रोल इन्जिन दिइएको गाडीमा ५ स्पीड म्यानुअल गियरबक्स छ ।

अलग्रीप प्रो फोर ह्वील ड्राइभ सिस्टम रहेको जीम्नीमा २१० एमएमको ग्राउण्ड क्लियरेन्स पाउन सकिन्छ । यसमा ३६ डीग्रीको अप्रोच एङ्गल, २४ डिग्रीको ब्रेक ओभर एङ्गल र ५० डिग्रीको डिपार्चर एङ्गल भएको कारण जस्तोसुकै बाटाहरुमा पनि यसलाई चलाउन सकिन्छ ।

अहिले यसलाई म्यानुअल र अटोमेटीक दुबै गियरबक्समा किन्न पाइन्छ । यसको सुरुवाती भेरियन्टको मूल्य ५९ लाख ९९ हजार रुपैयाँ छ ।


Back_to_top