निरन्तर बिक्री बढाउँदै ‘एटो-३’, यस्तो छ आठ महिनाको आयात

काठमाडौं । बीवाइडी ‘एटो-३’ले नेपालमा चमत्कारीक बिक्री पाएको छ । बैशाखदेखि मंसिरसम्मको पछिल्ला ८ महिनामा १ हजार १७२ यूनिट एटो-३ नेपाल ल्याएर आफ्नो प्रभाव विस्तार गरेको हो ।

मूल्यको हिसावले ५५ लाख ९९ हजारदेखि ६५ लाख ८८ हजारसम्म रहेको एटो-३ निरन्तर आयात बढाउँदै लगेको मोडल बनेको छ । कम्पनीले ५० किलोवाट आवर क्षमताको ब्याट्रीमा ल्याएसँगै यसको आयात झनै तिब्र गतिमा बढेको हो ।

कम्पनीको आयातलाई पछिल्लो मंसिर महिनाको तथ्यांकले पनि प्रस्ट पार्छ । चाडपर्व सकिए पनि मंसिर महिनामा मात्रै २०० यूनिट एटो-३ नेपाल आएको छ । ग्राहकको माग अनुसार गाडी आइरहेको साइमेक्स इंकको भनाइ छ ।

दुई वर्ष अगाडिसम्म नेपालको ईभी बजारको साइजभन्दा धेरै अटो-३ आयात भएको छ । कम्पनीले बजेट आएको जेठ महिना बाहेक अन्य सबै महिनामा गाडी आयात गरेको भन्सार तथ्यांकले देखाउँछ ।

कम्पनीले बैशाखमा १६०, असारमा १२३, साउनमा १५२, भदौमा १८४, असोजमा २२४, कार्तिकमा १२९ र मंसिरमा २०० यूनिट एटो-३ आयात गरेको हो ।

दुई ब्याट्री साइज (५० र ६० किलोवाट आवर) मा उपलब्ध एटो-३ नेपाली बजारमा अहिले ९९ किलोवाट क्षमताको मोटरमा उपलब्ध छ ।


Back_to_top