चल्तीका दुई मोटरसाइकलमा फिचर थप्दै बजाज

काठमाडौं । बजाज अटोले आफ्नो चल्तीका दुई मोडल पल्सर एन १५० र एन १६० मा फिचर थप गरेर ल्याउने भएको छ । कम्पनीले एग्रेशिभ डिजाइनमा तयार पारेको पल्सर एन १६० र एन १५० को २०२४ मोडल सार्वजनिक गर्ने भएको हो ।

बजाजले एक टिजर सार्वजनिक गर्दै एन १५० र एन १६० को अपडेटेड मोडल ल्याउने संदेश दिएको हो । यी दुबै मोडल पल्सर एन १५०÷१६० मा ग्राफिकमा ठूलो परिवर्तन हुनेछ भने केही फिचर समेत थप हुनेछ ।

बजाजले २०२४ मोडल एन १५० मा डबल डिस्क अप्सन दिनेछ । अहिले पल्सर एन १५० को फ्रन्टमा २६० एमएम डिस्क र रियरमा १३० एमएम ड्रम ब्रेक उपलब्ध छ । त्यस्तै, बजाजले हाल रहेको सिंगल पिस सिटलाई स्प्लीट सिटले रिप्लेस गर्ने अनुमान गरिएको छ ।

पल्सर एन १६० मा भने अपडेटको रुपमा अपसाइड डाउन फर्क दिने अनुमान गरिएको छ । हाल एन १६० मा टेलिस्कोपिक सस्पेन्सन उपलब्ध रहेको छ । यसका अलावा नयाँ ग्राफिकमा पल्सर एन १६० लाई देख्न पाइने छ ।


Back_to_top