काठमाडौं । मारुती सुजुकी स्वीफ्टको चौथो जेनेरेशन मोडल जापानमा बिक्री सुरु हुँदैछ । आगामी फेब्रुअरीबाट भारतमा पनि नयाँ जेनेरेशन स्वीफ्ट उत्पादन सुरु हुने रिपोर्टहरु बाहिर आएका छन् ।
सुजुकीले स्वीफ्टमा रहेको पुरानो के-१२ इन्जिनको सट्टामा हाइइफिसीयन्ट जेड-१२ इन्जिन यसमा दिएको छ । कम्पनीले स्वीफ्टमा दिएको जेड-१२, थ्रि सिलिण्डर इन्जिन हो ।
नयाँ इन्जिन पनि १.२ लिटर क्षमताकै छ । यसको पावर पहिलेकै जस्तो ८३ पीएस छ । माइल हाइब्रिड टेक्नोलोजीको साथ आउने नयाँ स्वीफ्टको माइलेज भने पहिलाभन्दा राम्रो रहने छ ।
स्वीफ्टको सबैभन्दा ठूलो बजार भारत भएको कारण जापानी उत्पादकले यसको इन्जिन भारतीय प्रदुषण मापदण्ड अनुसार तयार गरेको हो । यसलाई नयाँ प्रदुषण मापदण्ड ‘क्याफी’ अनुसारको बनाइएको छ । भारतमा मासिक १८ हजारदेखि २० हजार यूनिट बिक्री गर्ने कम्पनीको लक्ष्य छ ।
सुजुकीले आफ्नो सफल मोडलको साइजमा पनि परिवर्तन गरेको छ । पहिलेको भन्दा नयाँ स्वीफ्ट १५ एमएम लामो, ४० एमएम कम चौडाई र ३० एमएम अग्लो बनाएको हो । ह्वीलवेस भने परिवर्तन गरेको छैन । यसमा २४५० एमएम लामो ह्वीलवेस छ ।
कम्पनीले यसको ड्यासबोर्डमा पनि परिमार्जन गरेको छ । नयाँ जेनेरेशन बलेनोको जस्तै समान ड्यासबोर्ड यसमा पाउन सकिन्छ ।

