यसरी बल्यो ‘एम्पीयर’ इलेक्ट्रीक स्कुटर

काठमाडौं । एम्पीयर इलेक्ट्रीक स्कुटरमा आगो लागेको छ । भारतको महारास्ट्रमा एम्पीयर ब्रान्डको मेग्नस स्कुटरमा आगो लागेको हो । सोसल मिडियामा सार्वजनिक भएको उक्त भिडियोमा ‘मेग्नस इएक्स’मा आगो लागेको देख्न सकिन्छ ।

इलेक्ट्रीक स्कुटर ब्राण्ड एम्पीयरको उत्पादन मेम्नस इएक्समा आगो लागेको घटना केही समय अघि भएको हो । उक्त घटनामा मानविय क्षती भने भएको छैन ।

बाहिर आएको भिडियोमा स्कुटरको फ्लोर बोर्डको तलबाट आगो लाग्न सुरु भएको देखिन्छ । स्कुटरमा ब्याट्री ब्लास्ट भएर आगो लागि भएको भनिएपनि एकिन कारण बाहिर आइसकेको छैन ।

आगो लागि भएको स्कुटर मेग्नस इएक्स नेपाली बजारमा पनि बिक्री वितरण भइरहेको स्कुटर हो । केडिया अर्गनाइजेनशले एम्पेरका दुई मोडल मेग्नस र प्राइमस स्कुटर यहाँ बिक्री गर्दै आएका छन् ।

एम्पीयर मेग्नसमा २.१ किलोवाटको मोटर उपलब्ध छ । यो स्कुटरमा २.३ किलोवाट आवरको लिथियम ब्याट्री प्याक उपलब्ध रहेका छ भने यसलाई एक पटक फुलचार्ज गरेर १०० किलोमिटरसम्म गुडाउन सकिने कम्पनीको दावी छ ।

कम्पनीले नाडा अटो शो अफर अन्तर्गत मेग्नसको २ लाख ७५ हजार रुपैयाँ तोकेर बिक्री सुरु गरेको थियो ।


Back_to_top