बीवाइडीको सुपरकार सार्वजनिक, मूल्य ३ करोडभन्दा माथि

काठमाडौं । बीवाइडीको प्रिमियम ब्राण्ड याङवाङले इलेक्ट्रीक सुपरकार मोडल ‘यु-९’ सार्वजनिक गरेको छ । कम्पनीले चिनियाँ बजारमा बिक्री सुरु गरेको सुपर कारको टप स्पीड क्षमता ३१० किलोमिटर प्रतिघन्टा रहेको छ ।

कम्पनीले ई-४ प्लेटफर्ममा तयार पारेको कारमा फोर ह्वील ड्राइभ अप्सन दिइएको छ । चारवटै चक्कामा अलगै मोटर प्रयोग गरिएको र यी मोटरहरुको संयुक्त पावर १३०० पीएस रहेको छ । यसले १६८० एनएम पीक टर्क प्रदान गर्छ ।

पावर, सुरक्षा, लग्जरी र थ्रीलको लागि निकै उपयोगी ‘याङवाङ यु-९’मा ‘डिस-एक्स इन्टेलिजेन्ट बडी’ नियन्त्रण प्रणाली दिइएको छ । सून्यदेखि १०० किलोमिटर प्रति घण्टाको स्पीड भेट्टाउन यसलाई २.३६ सेकेन्डमात्रै लाग्छ ।

चीनमा यसको मूल्य ३ करोड ९ लाख ५० हजार नेपाली रूपैयाँ बराबर तोकिएको छ । यसको बिक्री केही समयपछि चीनबाटै सुरु हुनेछ ।


Back_to_top