एथरको सस्तो स्कुटर सार्वजनिक हुँदै, यस्तो छ मूल्य र फिचर

काठमाडौं । भारतीय इलेक्ट्रीक दुई पाङग्रे साधन निर्माता कम्पनी एथर इनर्जीले नयाँ स्कुटर सार्बजनीक गर्ने भएको छ ।

कम्पनीले आगामी अप्रिल ६ तारिखमा भारतीय बजारमा आफ्नो नयाँ इलेक्ट्रीक स्कुटर एथर ‘रिज्टा’ सार्बजनिक गर्ने भएको हो ।

कम्पनीले सामाजिक संजालमा एक पोस्ट सार्वजनिक गर्दे अप्रिल ६ मा नयाँ स्कुटर आउने खुलासा गरेको हो ।

एथर रिज्टा फ्यामिली स्कुटर डिजाइनमा रहेको छ भने यसको मूल्य १ लाख ३० हजार भारतीय रुपैयाँ हुने अनुमान गरिएको छ । यसले टीभीएस आइक्यूव तथा बजाज चेतकसँग प्रतिस्पर्धा गर्नेछ ।

नयाँ रिज्टा इलेक्ट्रीक स्कुटरमा ठुलो फ्लोरबोर्ड स्पेस एरिया, लामो साइजको सीट दिइएको छ ।

फास्ट चार्जिङ सपोर्ट सिस्टम रहेको यस स्कुटरमा एथर ४५० एसमा भएको ब्याट्री प्याक अप्सन रहने छ । यसमा प्रयाग भएको ब्याट्रीले ११५ किलोमिटर रेन्ज दिनेछ ।

रिज्टा स्कुटरको दुबै टायरमा डिस्कब्रेक, अगाडी टेलिस्कोपिक फर्क र पछाडि मोनोसक सस्पेन्सन रहेको छ ।

त्यस्तै, होरिजेन्टल हेड्ल्याम्प, टेलल्याम्प, पुरा एलइडी लाइट, पुरा डिजिटल स्क्रीन, १२ इन्चको टिएफटी डिस्प्ले, रियर ह्वील, फ्रन्ट ह्वील, रियर ग्र्याबरेल, राइड मोड, फोन कनेक्टिभिटी सिस्टम जस्ता फिचर यस स्कुटरमा हुने अनुमान गर्न सकिन्छ ।


Back_to_top