काठमाडौं । होन्डा कारको आधिकारीक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले नयाँ वर्ष २०८१ को अवसर पारेर आफ्ना कारमा स्कीम दिएको छ । कम्पनीले दिएको स्कीममा ग्राहकले कम डाउन पेमेन्टदेखि नगद छुटसम्म दिने भएको हो ।
कम्पनीले होन्डाको कुनै पनि नयाँ कार किन्दा मूल्यको २० प्रतिशत डाउन पेमेन्ट गर्दा पुग्ने स्कीम दिएको हो । त्यसमा पनि कर्जा रकम ५ वर्षसम्म १०.४९ प्रतिशत ब्याजदरमा परिवर्तन नहुनेगरी दिने भएको हो ।
त्यसको अलवा कम्पनीले एक आर्थिक वर्षको सवारीकर, एक आर्थिक बर्षको फुल इन्स्योरेन्स र आकर्षक नगद छुट पनि पाइने कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । नयाँ गाडी किन्ने ग्राहकले रोड साइड असिस्टसँगै ५ वर्षसम्म सर्भिसिङ पनि निःशुल्क पाउने छन् ।
कम्पनीले उक्त अफर १ चैत २०८० देखि लागु भएर ३१ बैशाख २०८१ सम्म चालु रहने जनाएको छ ।

