काठमाडौं । सीएफ मोटोको इलेक्ट्रीक ब्रान्ड जिहोको नयाँ बाइक नेपाल भित्रिएको छ ।
सीएफ मोटोको नेपालको लागि आधिकारिक बिक्रेता ऋषि ट्रेड सेन्टरले सोमबार सिटी स्पोर्टस इलेक्ट्रीक बाइक सार्वजनिक गरेको हो ।
कम्पनीले सहरी क्षेत्रमा प्रयोग गर्न सकिने मोपेड स्टाइल बाइक ल्याएको हो । कम्पनीले उक्त बाइकको मूल्य ३ लाख ४९ हजार ९०० रुपैयाँ तोकेर बिक्री सुरू गरेको हो ।
जिहोले २०२३ इक्मा अटो शोमा सार्वजनिक गरेको इलेक्ट्रीक बाइक ऋषिले छोटो समयमै नेपाल भित्र्याएको हो ।

यो बाइकमा ३।५ किलोवाट क्षमताको मिड मोटर रहेको छ । यसको टप स्पीड ६२ किलोमिटर प्रतिघण्टा रहेको छ । यसमा २ किलोवाट आवरको लिथियम ब्याट्री प्याक उपलब्ध छ । यसको टप स्पीड ६२ किलोमिटर प्रतिघण्टाको छ ।
यसलाई ०(८० प्रतिशत चार्ज गर्न २ घण्टाभन्दा कम समय लाग्ने कम्पनीले जनाएको छ भने एकपटक फुलचार्ज गरेर यसलाई ८० किलोमिटरसम्म गुडाउन सकिने कम्पनीको दाबी छ ।
यसमा अपसाइड डाउन फर्क, मोनोशक, एलईडी लाइट्स, १७ इन्च टायर, डिस्क ब्रेक, स्मार्ट की जस्ता फिचर पाउन सकिन्छ । कम्पनीले बिक्री गर्ने यो इलेक्ट्रीक बाइक सिटी रोड लिगल रहेको कम्पनीले जनाएको छ ।
ऋषि ट्रेडरले हाल नेपालमा जिहो एई ८ र एई ६ प्रिमियम इलेक्ट्रीक स्कुटर बिक्री गर्दै आएको छ ।


