भारतमा महिन्द्राले ५ दिन अगाडि मात्रै ‘अल्टुरस जी–४’ प्रिमियम एसयूभी सार्वजनिक गरेको थियो । अब कम्पनी आफ्नो नयाँ कम्प्याक एसयूभी बजारमा ल्याउने तयारीमा जुटेको छ ।
बिभिन्न मिडियाले ल्याएको रिपोर्टका अनुसार, कम्पनीले आफ्नो आउँदै गरेको कम्प्याक एसयूभीको नाम आगामि महिना सार्वजनिक गर्ने छ । अहिले ‘एस२०१’ कोण नेम राखेर उत्पादन गरिरहेको गाडी २०१९को सुरुवातमा बजारमा बिक्री वितरण सुरु गर्ने अनुमान गरिएको छ ।
अल्टुरस जस्तै यो कम्प्याक एसयूभीपनि स्याङयोङ टिभोलीको प्लेटफर्ममा निर्माण गरिएको गाडी हो । तर, कम्पनीले एस–२०१ लाई टिभोलीभन्दा निक्कै भिन्न डिजाइनमा बजारमा ल्याउने अनुमान गरिएको छ ।
एस–२०१ थ्री स्पोक स्टेरिङ ह्वीलमा आउने छ । पुस बटम स्टार्ट, एलोय ह्वील, प्रोजेक्टर हेडल्याम्प, स्पोइलर, अटोमेटिक हेडल्याम्प, अटोमेटिक वाइपरलगायतका विशेषता यसमा रहने छ ।
ब्रान्ड न्यू मोडल कम्प्याक एसयुभीमा नयाँ ड्याशबोर्ड र ठुलो साइजको टचस्क्रीन इन्फोटेनमेन्ट सिस्टम दिइएको छ । १.५ लिटर डिजेल इन्जिन र १.२ लिटर पेट्राृल इन्जिन दिइने यो गाडीले कम्प्याक सेग्मेन्टमा मारुती सुजुकी भिटारा ब्रेजा, टाटा नेक्सन र फोर्डको इकोस्पोर्टसँग प्रतिस्पर्धा गर्नेछ ।


