थाइल्यान्डमा आयोजित ‘२०१८ थाइ मोटर एक्स्पो’मा बेनलीको ५०२ एस क्रुजर बाइक सार्वजनिक भएको छ । बेनेलीले इटालीको मिलनामा आयोजित EICMA मोटर शो २०१८ मा ‘४०२–एस’ मोटरसाइकल सार्वजनिक गरेको थियो ।
सोही मोडलबाट प्रेरित ‘५०२–एस’को क्रुजर मोडल थाइल्यान्डमा सार्वजनिक गरेको हो । उक्त नयाँ बाइकमा हाल उत्पादन भैरहेको अन्य मोडलमा समावेश सबै विशेषता समेटिएको कम्पनीले दाबी गरेको छ ।
एसकुल सेप हेडलाइट, स्टाइलिस स्प्लिट टेलाइट, रियर लाइसेन्स प्लेट, ट्राफिक इन्डिकेटर जस्ता फिचरले क्रुजर बाइकलाई निक्कै आकर्षक बनाएको छ ।
यसमा एलइडी ट्राफिक इन्डिकेटर, एबीएस, डिजीटल इन्ट्रुमेन्ट क्लस्टरजस्ता फिचरहरु रहेका छन् । यसका साथै साइड प्रोफाइल, टुबुलर ट्रेल्स फ्रेम तथा प्यानलले ५०२ एस क्रुजर बाइकलाई निकै स्पोर्टी देखाएको छ ।
यसमा उपलब्ध ५०० सीसी प्यारालल ट्वाइन इन्जिनले ४६.९ बीएचपी पावर उत्पादन गर्छ भने, यसको टप स्पीड क्षमता प्रतिघन्टा १६० किलोमिटर रहेको छ ।
इटालीयन कम्पनी बेनीलीले यस मोटरसाइकल मार्फत थप ३४ प्रतिशत ग्राहक बढाउने लक्ष्य लिएको जनाएको छ ।


