काठमाडौं । नेपाली बजारमा बिक्री वितरण हुँदै आएका सवारीसाधनको हरेक तीन महिनामा अधिकतम खुद्रा बिक्री मूल्यसूची प्रकाशन गर्दै सार्वजनिक गर्दै नाडाले आम नागरिकमा जानकारी गराउँदै आएको छ ।
नेपाली बजारमा बिक्री हुँदैआएका विभिन्न ब्रान्डका कम्प्याक एसयूभीको मंसिर महिनामा प्रकाशन गरेको मूल्यसूचीलाइर् आधार मानेर हामीले समाचार बनाएका हौ।
हामीले यहाँ फोर्ड ईको स्पोर्ट, टाटा नेक्सन, एमजी जेडएस, मारुती ब्रेजा, रेनो डस्टर र हुन्डाई क्रेटाको मूल्यबारे चर्चा गरेका छौं ।
हुन्डाई क्रेटा

हुन्डार्इ क्रेस्टा नेपाली बजारमा सर्वाधिक रुचाईएको एसयूभी मध्यमा पर्दै आएको छ । लक्ष्मी इन्टरकन्टिनेन्टल्स प्रालिले नेपाली बजारमा बिक्री वितरण गर्दै आएको क्रेटा बिभिन्न ७ भेरिएन्टमा नेपाली बजारमा सार्वजनिक भएको छ । १.६ लिटर पेट्रोल र डिजेल इन्जिन दिएको छ । यसले १२१ बिएचपी पावर उत्पादन गर्छ । दुबैको इन्जिनमा ६ स्पिड म्यानुअल तथा अटोमेटिक ट्रान्समिसन दिएको छ ।

फोर्ड ईकोस्पोर्ट

नेपालका लागि फोर्डको आधिकारिक बिक्रेता जीओ अटोमोबाइल प्रालिले ईकोस्पोर्टको बिक्री गरिरहेको छ । यो गाडी तीन इन्जिन अप्सन १.५ लिटर पेट्रोल, १.५ लिटर डिजेल र १.० लिटरमा उपलब्ध रहेको छ । ईकोस्पोर्टको टप भेरियन्टको बजार मूल्य ५५ लाख ९९ हजार तोकेकोे छ । यसको सबैभन्दा सस्तो भेरियन्टको मूल्य ३८ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

टाटा नेक्सन

सिप्रदी ट्रेडिङ्ग प्रालिले नेपाली बजारमा आधिकारीकरुपमा टाटाको कारहरू बेच्दै आएको छ । यो कार पेट्रोल र डिजेल दुई भर्सनमा उपलब्ध छ । यसमा रिभोट्रोन सिरिजको १.२ लिटरको टर्बो चार्जयुक्त पेट्रोल इन्जिन र १.५ लिटर डिजल इन्जिन रहेको छ । टाटा नेक्सनको सबैभन्दा सस्तो भेरियन्टको रुपमा नेक्सन एक्सई पेट्रोल रहेको छ । यसको मूल्य ३४ लाख ९५ हजार रुपैयाँ रहेको छ ।
मारुती सुजुकी ब्रेजा

मारुतीको लागि आधिकारिक बिक्रेता अरूण इन्टरकन्टिनेन्टल ट्रेडर्सले मारुती सुजुकीको गाडीहरू बिक्री–वितरण गर्दैआइरहेको छ । यसमा १२४८ सीसी क्षमताको डिजेल इन्जिन दिइएको छ । यो कार कम्पनीको धेरै बिक्री हुनेमध्येको एक कार हो । यसको सस्तो भेरियन्टको मूल्य ३७ लाख ४९ हजार रुपैयाँ रहेको छ ।

रेनो डस्टर

रेनोको नेपालका लागि आधिकारीक बिक्रेता एड्भान्स अटोमोबाइलले रेनोको उत्पादन डस्टर गाडी बिक्री वितरण गर्दै आएको छ । विगत २ वर्षदेखि नेपाली बजारमा बिक्री–वितरण भइरहेको रेनो डस्टर फ्रान्सेली कार उत्पादक कम्पनी रेनोको उत्पादन हो । भिन्न डिजाइनमा उपलब्ध यो एसयूभीको सुरुवाती मूल्य ३७ लाख ७८ हजार ३०६ रुपैयाँ रहेको छ । यसमा १४९८ सीसी क्षमताको इन्जिन दिइएको छ ।

एमजी जेडएस

पारामाउन्ट मोटर्सले नेपाली बजारमा एमजीका कारहरूको आधिकारीकरुपमा बिक्री वितरण गर्दैआएको छ । एमजीको जेडएस एसयूभी नेपाली बजारमा ३ भेरियन्टमा उपलब्ध रहेको छ । यसको सबैभन्दा सस्तो भेरियन्टको मूल्य ५३ लाख ५० हजार रुपयाँ रहेको छ ।



