निशानले भारतीय बजारमा टेरानो बिक्री लगभग बन्द भएपछि आफ्नो नयाँ कम्प्याक एसयूभी ‘निशान किक्स’को बिक्री वितरण सुरु गर्ने भएको छ ।
कम्पनीले भारतमा मिडिया रिलिज भने गत महिनानै गरेको थियो । अब यसको बिक्री भने १९ जनावरी २०१९ बाट सुरुगर्ने अनुमान गरिएको छ । किक्समा रेनो क्याप्चरमा प्रयोग गरिएको डियुल–टोन ह्वाइट–ब्ल्याक कलरको प्रयोग गरिएको छ ।
पाँच सिट क्षमताको नयाँ एसयूभी किक्समा प्रयोग गरिएका अधिकांश फिचरहरु टेरानोबाट नै लिइएको छ । यो एसयूभीको लम्बाई ४,३८४ एमएम, चौडाई १,८१३ एमएम र उचाई १६५६ एमएम रहेको छ भने, ह्वीलबेस २६७३ एमएम रहेको छ ।
यस एसयूभीको फ्रन्टमा भी–ग्रील, एलईडी प्रोजेक्टर हेडल्याम्प, एलईडी डे–टाइम रनिङ लाइट दिइएको छ । यसमा डुअल टोन पेन्ट अप्शन पनि उपलब्ध रहेको छ ।
किक्समा कम्पनीले धेरै नै फिचरहरु अफर गरेको छ । यसमा फस्र्ट–इन–सेग्मेन्ट ३६० डिग्री क्यामेरा, टच स्क्रिन इन्फोटेनमेन्ट सिस्टम, रियर एसी भेन्ट, मल्टी–फंशन स्टेयरिङजस्ता फिचर दिइएको छ ।
निशान किक्स १.५ लिटर पेट्रोल र १.५ लिटर डिजेल इन्जिनमा आउने छ । यो इन्जिन यसअघि रेनो डस्टरमासमेत प्रयोग भएको इन्जिन हो । यसमा दिइएको पेट्रोल इन्जिनले १०६ पीएस पावर र १४२ एनएम टर्क उत्पादन गर्छ ।
त्यस्तै यसमा दिइएको डिजेल इन्जिनले ११० पीएस पावर र २४० एनएम टर्क प्रदान गर्छ । यसमा म्यानुअल र अटोमेटिक दुवै ट्रान्समिसन दिइएको छ ।


