काठमाडौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा समायोजन गरेको छ । निगमले आज सोमबार राति १२ बजेपछि नयाँ दर लागु हुने जनाएको छ ।
निगमले पेट्रोल, डिजेल र मट्टितेलमा समान २ रुपैयाँ प्रतिलिटरमा घटाएको छ । नयाँ दर अनुसार अब पेट्रोल ११२ रुपैयाँ प्रतिलिटरमा आएको छ भने, मट्टितेल र डिजेल समान ९९ रुपैयाँ कायम हुनेछ ।
निगमले खाना पकाउने ग्यास र हवाइ इन्धनको मूल्यमा भने परिवर्तन गरेको छैन ।


