१२ सेकेन्डमा ३०० किमीको स्पीड भेट्टाउने इलेक्ट्रीक कार

आकर्षक बडी तथा उत्कृष्ट डिजाइनमा निर्माण भैरहेको इलेक्ट्रीक कार पीएफओ–हाईपर कारलाई निकै शक्तिशाली मोडलको रुपमा लिइएको छ । 

अटो मोबिलिटी कम्पनी–पिनेन्फेरिनाले यस हाईपर कारमा क्रोसियन कम्पनी रिम्याकले निर्माण गरेको इलेक्ट्रीक पावर टे«ेनको प्रयोग गरेको छ । कम्पनीका अनुसार यो कारले करिब दुई सेकेन्डको समय अवधिमा १०० किलोमिटरको रफ्तार पकड्न सक्नेछ । साथै, १२ सेकेन्ड भित्रै ३ सय किलोमिटर प्रतिघन्टाको रफ्तार पकड्न सक्नेछ । 

वेलायती अटो म्याग्जीन ‘अटो एक्स्प्रेस’का अनुसार उक्त इलेक्ट्रीक मोटरले १९२७ पीएस पावरकासाथै २३०० एनएम–टर्क उत्पादन गर्छ । तिव्र गतिको हाईपर कार पीएफओ बुगाटी भेरोनभन्दा पनि छिटो गुड्ने आँकलन गरिएको छ । 

इटालियन डिजाइन हाउसले उक्त हाइपर कारको डिजाइन गरेको हो । कम्पनीले हाल चर्चामा रहेको ‘पूरा’ डिजाइन फिलोशफीलाई अवलम्बन गरेको छ भने कारमा सिल्क बडी–वर्क प्रदान गर्ने भएको छ । 

जम्ममा १ सय ५० युनिट मात्रै हाईपर कार निर्माण गर्ने कम्पनीले जनाएको छ । यस कारको मूल्य करिब १९ लाख डलर हाराहारीमा पर्ने अनुमान गरिएको छ । 


Back_to_top