काठमाडौं । उत्कृष्ट डिजाइन, उच्च प्रफर्मेन्स तथा रेसिङ्ग डीएनएजस्ता कारण यामाहाका बाइकहरू विशेष गरेर युवावर्गको रोजाईमा पर्ने गरेको छ ।
यामाहाले नेपाली बजारमा आर–१५ तथा आर–१५ भी–२ को सफलतापश्चात् आर–१५ भी–३ सार्वजनिक गर्ने तयारी गरेको छ ।
स्र्पोटी लूक्स, उत्कृष्ट माइलेज, उच्च प्रफर्मेन्सका कारण युवाहरूको रोजाईमा यो बाइक पर्न सफल भएको हो । यामाहाले आर–१५ सिरिजलाई हरेकपटकको परिवर्तनमा अझ एग्रेसिभ बनाउँदै लगेको छ ।
ड्यूल कलर कम्विनेशनले यो बाइकको आवरण निकै आकर्षक देखिएको छ ।
नेपाली बजारमा केही दिनमै आधिकारीक लन्च गर्ने तयारी गरेको यामाहा आर–१५ भी–३ को हामीले फस्ट–लूक तथा टेस्ट ड्राइभ गरेर केही जानकारी दिने कोशिस गरेका छौँ ।
लूक्स
यामाहाको आर–१५ को पहिलो सिरिजदेखि नै बाइकको लूक्सलाई एग्रेसिभ बनाएर ल्याएको छ । भी–३ सम्म आउँदा यसमा निकै नै परिवर्तन देख्न सकिन्छ ।
यामाहाले भी–३ मा ग्राफिक्स तथा आउट–लूकमा निकै परिर्वतन गरेर ल्याएको छ । मस्कुलर बडी, एग्रेसिभ हेडल्याम्प, वाइडर ह्वीलजस्ता विशेषताले यो बाइकलाई अझ उत्कृष्ट देखाएको छ । ड्यूल कलर कम्विनेशनले यो बाइकको आवरण निकै आकर्षक देखिएको छ ।
पुरानो भी–२ को तुलनामा भी–३ मा पिलियन सिटको हाइट कम गरिएको छ । जसले पछाडि बस्ने यात्रुलाई सहजता प्रदान गर्नेछ ।
झट्ट हेर्दा निकै पावरफूल देखिने यो बाइक १५५ सीसीको क्षमताको रहेको छ । यामाहा आर–१ तथा आर–६ बाट प्रेरित भएर यसको लूक्स बनाइएको छ । यसको आकर्षक तथा रेसिङ्ग लूक्सले सडकमा बाइक राइडरले आफुतर्फ ध्यान खिच्न सफल हुनेछ ।
हेडल्याम्प

आर–१५ भी–३ मा यामाहाले रेगुलर हेलोजिन हेडल्याम्पलाइ हटाएर एग्रेसिभ सार्प–ट्वीन एलईडी हेडल्याम्प दिएको छ । उक्त हेडल्याम्पले बाइकको फ्रन्ट–लूकलाई अझ एग्रेसिभ बनाएको छ भने, टेलमा पनि एलईडी ल्याम्पको प्रयोग गरिएको छ । जसले बाइकको रियर–पार्र्ट अझ आकर्षक देखिएको छ । ट्वीन एलईडीसहितको पावरफूल हेडल्याम्पले बाइकलाई रातीको समयमा चलाउन पनि निकै सहज बनाएको छ ।
राइडिङ्ग पोजिशन
यामाहाले आर–१५ सिरिजमा राइडिङ्ग पोस्चरलाई एग्रेसिभ बनाएको छ । नयाँ भर्सनमा यसको ह्यान्डलबारलाई निकै सहज बनाइएको छ । बाइकको राइडर सिट र ह्यान्डलबार लगभग एउटै लेभलमा रहेको कारण राइडर अगाडि झुकेर बाइक राइड गर्नुपर्ने हुन्छ । यामाहाले आर–१५ भी–२ माभन्दा भी–३ मा राइडर सिटलाई वाइड बनाएको छ, जसले राइडरलाइ सहजता प्रदान गर्छ ।
बाइकमा ११ लिटर क्षमताको फ्यूल ट्याङ्क दिएको छ, जुन भी–२ को भन्दा १ लिटरले कम हो । फ्यूल इन्जेक्सन इन्जिन रहेको यो बाइकले ३५ किलोमिटर माइलेज दिने दाबी गरेको छ ।
सिटसँगै दिइएको एरोडाइनामिक फ्यूल ट्याङ्कको ग्रिपको साहायताले राइडरलाई कर्नरिङ्गमा आत्मविश्वास बढाउनेछ । भर्सन–२ माभन्दा भर्सन–३ मा पिलियन (पछाडि) सिटलाई रिभाइज गरिएको छ । पुरानो भी–२ को तुलनामा भी–३ मा पिलियन सिटको हाइट कम गरिएको छ । जसले पछाडि बस्ने यात्रुलाई सहजता प्रदान गर्नेछ । अग्ला राइडरलाई भी–२ भन्दा भी–३ निकै सहज लाग्नेछ ।
ब्रेकिङ्ग
यामाहा आर–१५ भी–३ मा एबीएसको कमी महसूस हुन्छ । बाइकको पफर्मेन्सलाई हेर्दा यसमा एबीएस फिचर हुन जरुरी देखिन्छ । तथापि, बाइकको ब्रेकिङ्ग सिस्टम उत्कृष्ट रहेको छ । फ्रन्टमा २८२ एमएम तथा रियरमा २४० एमएमको डिस्क–ब्रेक रहेको छ । यसमा रहेको वाइडर ह्वील र डिस्कको कम्बिनेशनले राइडरलाई उच्च गतिमा पनि बाइक कन्ट्रोलमा गर्न कन्फिडेन्स प्रदान गर्छ ।
डिजिटल कन्सोल

यामाहाले भी–३ मा अल न्यू डिजिटल कन्सोलको प्रयोग गरेको छ । यसमा फ्यूलगेज, गियर इन्डिकेटर, स्पीडोमिटर, भीभीए इन्डिकेटरजस्ता फिचरकासाथै रेगुलर सबै फिचरहरू दिइएको छ । कम्पनीले कन्सोलमा नयाँ फिचरको रुपमा कस्टोमाइज गरेर आफ्नो नाम सेट गर्नसक्ने बनाएको छ ।
इन्जिन
यो बाइकको मुख्य विशेषता भनेको नै इन्जिन प्रफर्मेन्स हो । यो बाइकमा फोर–भल्भ, फोर–स्ट्रोक सिङ्गल सिलिन्डर भीभीए–१५५ सीसी क्षमताको लिक्विड–कुल्ड इन्जिन रहेको छ । यो इन्जिनले १० हजार आरपीएममा १९.४ बीएचपी पावर तथा ८ हजार ५ सय आरपीएममा १४.७ एनएम–टर्क जेनेरेट गर्छ ।
यसको रेसिङ्ग लूक्स, आकर्षक डिजाइन, उच्च माइलेज, उत्कृष्ट ब्रेकिङ, स्लिपर कल्च, भीभीए इन्जिन, मस्कुलर बडीजस्ता फिचरले यो बाइकलाई उत्कृष्ट बनाएको छ ।
१५० सीसी सेग्मेन्टमा नै पहिलो भीभीए इन्जिन रहेको यो बाइकमा सिक्स–स्पीडको गियर बक्स रहेको छ । यो बाइकमा रेगुलर क्लचलाई हटाएर कम्पनीले स्लिपर क्लच दिएको छ । जसले गियर चेन्च गर्दा छिटो तथा क्लच रिलिज गर्दा बाइकमा आउने झट्कालाई कन्ट्रोल गर्छ ।
बाइकमा ११ लिटर क्षमताको फ्यूल ट्याङ्क दिएको छ, जुन भी–२ को भन्दा १ लिटरले कम हो । फ्यूल इन्जेक्सन इन्जिन रहेको यो बाइकले ३५ किलोमिटर माइलेज दिने दाबी गरेको छ । हामीले उपत्यकाको सडकमा चलाउँदा पनि ३०–३२ माइलेज दिएको पाएका छौँ ।
भीभीए टेक्नोलोजी
यो बाइक १५० सीसी सेग्मेन्टमा नै पहिलो यस्तो बाइक हो, जसमा भीभीए टेक्नोलोजी प्रयोग गरिएको छ । यसमा रहेको भीभीए इन्जिनले दुई क्याम्पमा काम गर्छ । बाइकले प्रदान गर्ने उच्च पावर र टर्कले राम्रो पफर्मेन्स दिन्छ । ७ हजार ४ सय आरपीएममा पहिलो क्याम्पले काम गर्छ भने ७ हजार ४ सय आरपीएममाथि भीभीए एक्टिभेट हुन्छ र दोस्रो क्याम्पले एकैसाथ काम गर्छ । जसको कारण उच्च आरपीएममा यो बाइकको पफर्मेन्स उच्च नै रहन्छ ।
सामान्य अरू बाइकमा १५० सीसी सेग्मेन्टमा कुनै पनि बाइकको पावर १५ देखि १६ बीएचपी रहेको पाइन्छ । यो आर–१५ भी–३ मा भीभीएका कारण १९.४ बीएचपी पावर रहेको छ ।यो बाइकको मूल्य ४ लाख १९ हजार ९ सय ९९ रुपैयाँ रहेको छ ।
निश्कर्ष
यामाहाले सधैँ उत्कृष्ट लूक्सका बाइकहरू उत्पादन गर्दैआएको छ । अघिल्ला सिरिजजस्तै निकै स्टाइलिस देखिने यो बाइक कम क्षमताको इन्जिनका बाबजूद उच्च गति प्रदान गर्न सक्ने क्षमता राख्छ ।
यसको रेसिङ्ग लूक्स, आकर्षक डिजाइन, उच्च माइलेज, उत्कृष्ट ब्रेकिङ, स्लिपर कल्च, भीभीए इन्जिन, मस्कुलर बडीजस्ता फिचरले यो बाइकलाई उत्कृष्ट बनाएको छ ।


