नयाँ अवतारमा आउँदै बजाज प्लाटिना–११०, यस्ता हुने छन् विशेषता

बजाजले करिब एक सातापछि प्लाटिना–११० सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले ११० सीसी सेग्मेन्टमा निर्माण भएको प्लाटिनाको परिमार्जित संस्करणलाई बजारमा ल्याउने तयारी गरेको हो । यसअघि कम्पनीले प्लाटिना १०० को बिक्री वितरण गर्दै आएको थियो । नयाँ प्लाटिना पुरानो तुलनामा केही महंगो हुनेछ । 

यस मोडलमा ११५.४५ सीसीको फोर–स्ट्रोक एयर–कुल्ड सिङ्गल सिलिन्डर इन्जिन दिइएको प्लाटिनामा डिस्कभर–११० मा दिइएको इन्जिननै प्रयोग गरिएको छ । यस इन्जिनले ७ हजार आरपीएममा ८.६ पीएस पावरकासाथै ५ हजार आरपीएममा ९.८१ एनएम–टर्क उत्पादन गर्छ ।

बजाज प्लाटिनामा एलईडी डीआरएल हेडलाईट, एसएनएस रियर सस्पेन्सन, १७ इन्च अलोय–ह्वील लगाइएको छ । यस मोडलले हिरो प्यासन–प्रो–११०, हिरो स्प्लेन्डर–आई स्मार्ट–प्लस, टीभीएस रेडन र होन्डा सीडी–११० लगायतका मोटरसाइकलसँग प्रतिस्पर्धा गर्ने छ । 


Back_to_top