काठमाडौं । नेपालको लागि भेस्पा स्कुटरको आधिकारीक बिक्रेता डी लाइफइस्टाइलले भेस्पा नोटे स्कुटर सार्वजनिक गरेको छ ।
कम्पनीले ब्ल्याक कलरमा उपलब्ध आकर्षक भेस्पा नोटेलाई नेपाली बजारमा भित्र्याएको हो ।
भेस्पा नोटेमा १२५ सीसीको सिंगल सिलिन्डर, थ्री भल्व एयरकुल्ड इन्जिन छ । उक्त इन्जिनले ९.५ पीएस पावर र ९.९ एनएम टर्क जेनेरेट गर्छ ।
यसको मूल्य मूल्य २ लाख ५९ हजार ९४६ रुपैयाँ तोकिएको छ ।
सम्पूर्ण पार्टस ब्ल्याक कलरमा सजाइएको नोटे भेस्पा एलएक्स १२५ मा आधारित स्कुटर हो ।


