जेके टायरको अफ-द-रोड क्याटागोरीका दुई टायर नेपाली बजारमा

काठमाडौं । जेके टायरको अफ–द–रोड (ओटीआर) क्याटागोरीका दुई नयाँ टायर नेपाली बजारमा सार्वजनिक भएको छ ।

कम्पनीले हार्ड रक च्याम्पियन र जीटीएल प्लसको नयाँ भेरिएन्ट लन्च गरेको हो ।

जेके टायर इन्डियाका अध्यक्ष अनुज कथुरियाले जेके टायरको नेपालका लागि आधिकारिक वितरक डेल्टा डिस्ट्रिब्युटर्सको एक्सक्लुसिभ माइनिङ एन्ड कन्स्ट्रक्सन प्याभिलियनमा टायर सार्वजनिक गरेका हुन् ।

नेपाली बजारको मागलाई नै ध्यानमा राखेर यी टायरको डिजाइन गरिएको कम्पनीले जनाएको छ । यसले सवारी साधनलाई पहिलेभन्दा अतिरिक्त स्थायित्व र सुरक्षा प्रदान गर्ने कम्पनीको भनाइ छ ।

जेके टायरको हार्ड रक च्याम्पियन नेक्स्ट जेन प्रिमियम माइनिङ टायर भएको कम्पनीले बताएको छ ।


Back_to_top